६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद पौडेलको प्रश्न–उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो?



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले बागलुङ र पूर्वी रुकुमको सीमानामा पर्ने उत्तरगङ्गा जलाशययुक्त परियोजनालाई बजेटमा नसमेटिएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग जिज्ञासा राख्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले प्रस्तुत बजेटबाट उत्तरगङ्गा जलाशययुक्त परियोजना हराएकाले यसको खोजी गर्न अनुरोध गर्नुभएको हो ।

“सबैभन्दा सस्तो र भरपर्दो परियोजना भनेर विज्ञले भनेका छन् तर बजेटमा कहिले पनि पर्दैन, किन होला माननीय मन्त्री ज्यू ?”, बागलुङका सांसद पौडेलले प्रश्न गर्नुभयो, “किन यो आयोजना बजेटमा परिरहेको छैन ?”

समयमै उक्त परियोजना निर्माण हुन नसक्दा सो क्षेत्रमा विमानस्थललगायत अन्य भौतिक पूर्वाधार बनाउन नसकिएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै उहाँले यसप्रकारका परियोजनालाई अल्झाइ रहने विषयमा सचेत हुनुपर्ने बताउनुभयो । सांसद पौडेलले कम लागतमा उच्च प्रतिफल दिने अन्य ओजनालाई पनि अगाडि बढाउन सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । रासस