२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था मिलाउन नेकपा एसको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौंधरीले कृषि बस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढनुको विकल्प नरहेको समेत बताउनु भयो ।प्रमुख सचेतक चौंधरीले किसानहरुले न्यूनतम मूल्य समेत नपाएपछि पछिल्लो समय कालिमाटी बजारमा टमाटरलगायतका तरकारी फ्याँक्नु पर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई हतोत्साही हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘चाहेका बेला किसानहरुले मल, बीउ पाउँदैनन् । त्यसको बाबजुद पनि उत्पादन गर्छन । न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी । तर पनि उत्पादन गरिरहेकै छन । पछिल्लो समय कालिमाटी मूलगेटमा टमाटर लगायतका तरकारी फालेर किसानहरुले विरोध गरेका छन । किसानहरु आफ्नो पेशामा हतोत्साही छन । यदि नेपाललाई आत्मनिर्भर बनाउने हो भने कृषि बस्तुको लागि बजारको ग्यारेन्टी गर्ने कुरा र मिनिमम सर्पोट प्राइज कन्फर्म गर्ने कुरा गरोस् भनि सरकार र सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’

प्रमुख सचेतक चौधरीले किसानहरुलाई मल, बीउलगायतका आवश्यक बस्तुको व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।