४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको हेलिकप्टरमार्फत उद्धार



अ+ अ-

फिदिम । पाँचथरको याङबरक–१ फेदी गाउँमा बाढीपहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई उदार गरिएकाहरुमा याङबरक–१ का नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, जितमाया गुरुङ, काजी गुरुङ, सुनिता गुरुङ, मनकुमारी गुरुङ, सुष्मा गुररुङ पदमबहादुर गुरुङ र मनमाया खालिङ रहेको जनाइएको छ ।

पाँचथर प्रहरीका अनुसार उनीहरुलाई फेदी गाउँबाट स्थानीय च्याङथापु बजारमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै हेंवा बाढीका कारण शनिबार मध्यरातदेखि हराइरहेकी हिलिहाङ गाउँपालिका–७ माझीटारकी एलिशा गुरुङको शव धनकुटाको–५ छथरजोरपाटीस्थित तमोर नदीको किनारमा फेला परेको छ।

पाँचथरको बाढीपहिरोमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् ।