६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली र रेशम चौधरीबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न चौधरी ओली निवास बालकोट पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ ।

साथै, जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए ।

यसअघि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेट गरेका थिए ।