६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले माग्यो अस्पतालसँग तथ्यांक



अ+ अ-

काठमाडौं । सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो ।

‘अस्पतालमा मृत्यु, भर्ना, परीक्षण गरेर कोरोना पोजेटिभ आए९नआएकाले खोप लगाएको वा नलगाएको रिपोर्ट माग गरेका छौं,’ डा। तारानाथ पोखरेलले बुधबार राजधानीसँग भने, ‘त्यसपछि विस्तृत विवरण थाहा होला ।’ उनले प्राप्त जानकारीको हवाला दिँदै खोप नलगाएकाको मृत्युदर अत्यधिक रहेको पनि उल्लेख गरे । विश्व स्वास्थ्य संगठनको अध्ययनले भने खोप लगाएकाको मृत्युदर कम रहेको देखाएको छ । खोप मात्रा पूरा गरेपश्चात् मृत्युदर कम देखिएको विभिन्न अध्ययनले समेत देखाएको छ । हाल, नेपालमा संक्रमणविरुद्ध कोभिडसिल्ड र भेरोसिल खोप प्रयोगमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप नलगाएकामा संक्रमण र मृत्यु भएको संख्या बढी छ ।

यद्यपि, प्रभावकारिता सन्दर्भमा तथ्यांक एकीकृत हुने चरणमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म अनुमानित ४ लाख नागरिकले कोरोनाविरुद्ध खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । खोपविज्ञ खोप लगाएकालाई गम्भीर प्रकृतिको असर नदेखिने बताउँछन् ।

यसैगरी, सरकारले चीनबाट ल्याएको कोभिडविरुद्धको भेरोसिल खोप आगामी २५ जेठबाट लगाउन सुरु गर्ने तयारी थालेको छ । मन्त्रालयका अनुसार यसपटक सो खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई दिइनेछ । यसअघि, भेरोसिल खोप १८ देखि ५९ वर्ष उमेर समूहकालाई लगाइएको थियो । यसैबीच, बुधबार देशभर ५ हजार ३ सय १६ कोरोना संक्रमित भएका छन् । यो समाचारराजधानी दैनिकमा छ ।