२४ भाद्र २०८३, बुधबार
,
Latest
विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोत पर्व’ को विषयमा चलचित्र बन्ने



अ+ अ-

काठमाडौँ । चलचित्र ‘नालापानी’मा निर्देशन गर्नुभएका रिमेश अधिकारीले नयाँ चलचित्र ‘कोत पर्व’ निर्माण तथा निर्देशन गर्नुहुने भएको छ ।

विसं १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा भएको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रका लागि लेखन कार्य भइरहेकोे उहाँले जानकारी दिनुभयो । नालापानी हेरेपछि पछि दर्शकको पनि अपेक्षा बढेको छ ।

हाम्रै नेपालको घटनाक्रमलाई पर्दामा देखाएर नयाँ पुस्तासम्म पुर्‍याउनु हामी चलचित्रकर्मीको दायित्व पनि हो”, निर्देशक अधिकारीले भन्नुभयो,“यो चलचित्र निर्माण सहज छैन, यद्यपि समय लगाएर पनि यसलाई पर्दामा ल्याउनेछु ।

यस्ता चलचित्रलाई निर्माण गर्न राज्यले पनि प्रोत्साहन दिनु आवश्यक छ।” पछिल्लो चलचित्र नालापानीमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्था र राज्यबाट अपेक्षाकृत सहयोग नपाएको उहाँको गुनासो थियो । ‘कोतपर्व’ महेश दवाडीले लेखिरहनुभएको छ ।