२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावेविरुद्ध कुशलको अर्धशतक



अ+ अ-

काठमाडौँ । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले जिम्बावेविरुद्ध अर्धशतक बनाएका छन् । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध कुशलले अर्धशतक बनाएका हुन् ।

उनले ६३ बलमा अर्धशतक बनाएका हुन् । उनले ८ चौका प्रहार गरे । यससँगै कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन् ।

हरारे स्पोट्र्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपाल यो खबर लेख्दासम्म २०.३ ओभरमा विकेट नगुमाई ८६ रनको स्थितीमा छ ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल रहेको छ ।