• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा ★   कानुन आवेगमा आउनु हुँदैन ★   सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर ★   मर्यादित काम र श्रमिकको सम्मान गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान ★   कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा ★   श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल ★   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना ★   श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल ★   श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव ★   वेस्ट इन्डिजविरुद्ध नेपालले आज तेस्रो खेल खेल्दै

वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा देवकोटाको अर्धकदको प्रतिमा अनावरण



काठमाडौं । वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिनुभएको प्रा डा देवेकोटाको पित्तनलीको क्यान्सरबाट विसं २०७५ असार ४ गते निधन भएको थियो ।

चौतीस वर्षका अवधिमा उहाँले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका प्रा डा देवकोटाले वीर अस्पतालमा न्यूरो सर्जरी विभाग तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना गर्नुभएको थियो ।

बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्रा डा दिनेशनाथ गङ्गोल र पूर्वमन्त्री वाचस्पति देवकोटाले संयुक्तरूपमा अनावरण गर्नुभयो ।

नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधालाई सुरुआत गराउनुहुने प्रा डा देवकोटाको स्मृतिमा स्थापित उपेन्द्र देवकोटा फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रममा फाउन्डेसनका अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाले नेपालमा स्नायु शल्यचिकित्सा विधाको विकास र विस्तारमा प्रा डा उपेन्द्र देवकोटाको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

उहाँले प्रा डा उपेन्द्रको योगदान चीरस्थायी बनाउन फाउन्डेसनले सामाजिक काम गरिराखेको जानकारी दिनुभयो । स्नायु विज्ञानको उन्नयन एवं विकास तथा प्रा डा उपेन्द्र देवकोटाको योगदानलाई चीरकालसम्म परिचित गराउन गैरनाफा मूलक संस्थाको रुपमा विसं २०७९ फागुन १८ गते फाउण्डेशन स्थापना भएको थियो । रासस