९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा देवकोटाको अर्धकदको प्रतिमा अनावरण



अ+ अ-

काठमाडौं । वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिनुभएको प्रा डा देवेकोटाको पित्तनलीको क्यान्सरबाट विसं २०७५ असार ४ गते निधन भएको थियो ।

चौतीस वर्षका अवधिमा उहाँले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका प्रा डा देवकोटाले वीर अस्पतालमा न्यूरो सर्जरी विभाग तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना गर्नुभएको थियो ।

बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्रा डा दिनेशनाथ गङ्गोल र पूर्वमन्त्री वाचस्पति देवकोटाले संयुक्तरूपमा अनावरण गर्नुभयो ।

नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधालाई सुरुआत गराउनुहुने प्रा डा देवकोटाको स्मृतिमा स्थापित उपेन्द्र देवकोटा फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रममा फाउन्डेसनका अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाले नेपालमा स्नायु शल्यचिकित्सा विधाको विकास र विस्तारमा प्रा डा उपेन्द्र देवकोटाको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

उहाँले प्रा डा उपेन्द्रको योगदान चीरस्थायी बनाउन फाउन्डेसनले सामाजिक काम गरिराखेको जानकारी दिनुभयो । स्नायु विज्ञानको उन्नयन एवं विकास तथा प्रा डा उपेन्द्र देवकोटाको योगदानलाई चीरकालसम्म परिचित गराउन गैरनाफा मूलक संस्थाको रुपमा विसं २०७९ फागुन १८ गते फाउण्डेशन स्थापना भएको थियो । रासस