७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी र पहिरा पीडितलाई तत्काल उद्धार तथा क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिपक खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षापछि गएराति आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत आयोजनामा काम गर्ने १६ जना मजदुर वेपत्ता भएको र उनीहरु मध्ये ३ जना फेला परेको, एक जना मृत अवस्थामा भेटिएको उल्लेख गर्दै वेपत्ता भएका अन्यको खोजी कार्यमा तीव्रता दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सो घटनामा परी खर्बाैको नोक्सान भएको उल्लेख गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद खड्काले सो घटनाका परी वेपत्ता भएकाहरुको उद्धार र राहतको काममा सहयोग गर्न सबै राजनीतिक पार्टीहरुलाई आग्रह समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘संखुवासभा, तेह््थुम, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ । खास गरेर संखुवासभामा अहिले यो सुपर हेवामा काम गर्ने मजदुरहरु १६ जना वेपत्ता भएको, ३ जना फेला परेको र १ जना मृत फेला परेको अवस्था छ । यसबाहेक पनि विभिन्न ठाउँमा मान्छे हराईराखेको सूचना आएको छ । उद्दार कार्यमा जाने सुरक्षाकर्मीहरु, राजनीतिक दलका नेताहरुले सम्बन्धित ठाउँमा पुगिनसकेको अवस्था छ । र, थुप्रै हाइड्रो पावरहरु सुपर हेवा, मेन्छेम जस्ता हाइड्रोपावरहरु पूर्ण रुपले क्षति हुँदा २ वटा पक्की पुल र एउटा झोलुंगे पुल बगाएको छ । अरु अहिले छानविनको क्रममा छ । कति क्षति भयो भनेर अनुमान गर्न सकिन्न । खर्बौैको क्षति भएो आँकडा आइराखेको छ । र, बगरमा रहेका सम्पूर्ण खेतीबालीहरु नष्ट भएको छ । ११ घर परिवार विस्थापित भएर घर बगाएको अवस्थामा छ ।

र, यो विपदको घडीमा संखुवासभा लगायत यो क्षतिग्रस्त जिल्लाहरुमा नेपाल सरकारले तत्कालै उद्धार, राहत र सहयोग पुर्‍यायोस् भनेर सम्मानिय प्रधानमन्त्रीलाई पनि आज बिहान हामीहरुले भेटेरै निवेदन गरेका छौं । र, संखुवासभा जिल्लाका र पहाडी जिल्लाका सुरक्षाकर्मीहरुले मात्रै यो क्षतिलाई उद्दार गर्न नसक्ने भएकाले नेपाल सरकारसँग सम्माननीय सभामुखमार्फत् चाँडोभन्दा चाँडो यस उद्धार कार्यलाई सहयोग पुर्‍याई दिन र क्षतिलाई न्यूनिकरण गरी क्षतिपूर्ति र राहत उपलब्ध गराई दिन म विनम्र आग्रह गर्न चाहन्छु । यी सबै जिल्लामा अनुमान गरिएको भन्दा ठूलो क्षति भएको छ । र, सबै पूर्वी पहाडका जिल्लाहरुमा वर्षाले गराएको क्षतिपूर्ति गहिरो चिन्ता व्यक्त गर्दै अहिले खोजी कार्य जारी भएकाले सबै राजनीतिक पार्टीहरुलाई पनि हामीले आग्रह गरेका छौं । यो माननीय उद्धार कार्यमा संलग्न भईदिन सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद खड्काले संखुवासभाको हेवा खोलामा वेपत्ता भएकाहरुको उद्धारको लागि खटिएका प्रहरीहरुमात्रै पर्याप्त नभएकाले त्यसमा थप उद्धारकर्मीहरुको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्नु भयो ।