३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले आज जिल्ला अधिवेशन सक्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भदौ मसान्तसम्म देशभरका जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ।

पार्टीका अनुसार हालसम्म ६३ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी जिल्लामध्ये केहीमा आजै अधिवेशन आयोजना हुँदैछन्।

आज सिन्धुली, मकवानपुर, सुर्खेत, अर्घाखाँची, अछाम, बाजुरा र दार्चुलामा जिल्ला अधिवेशन हुने कार्यक्रम रहेको राप्रपाले जनाएको छ। यस्तै, हिजो उद्घाटन भएको कञ्चनपुर जिल्ला अधिवेशनबाट आज नयाँ नेतृत्व चयन गरिनेछ।

राप्रपाले जिल्ला अधिवेशनमार्फत संगठनलाई थप व्यवस्थित गर्दै आगामी राजनीतिक गतिविधिका लागि आधार तयार गर्ने तयारी गरेको छ।