९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी राजदूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



अ+ अ-
काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घको आयोजनामा १८औँ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
ललितपुर गोदाबरी–३ किटिनीमा रहेको सिद्धेश्वर आधारभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत उमेर अली, नेपाल– पाकिस्तान मैत्री तथा संस्कृतिक सङ्घका अध्यक्ष मञ्जुरत्न शाक्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, गोदावरी–३ का वडा अध्यक्ष राज घिमिरेले संयुक्तरुपमा गर्नुभयो ।
कार्यवाहक राजदूत अलीले निःशुल्क स्वास्थ्य शिविर आयोजना हुनुले दुई देशका जनताबीचको नजिकको सम्बन्ध प्रतिविम्बित भएको बताउनुभयो । उहाँले शिविर सञ्चालनका लागि नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा यसप्रकारका सहयोगलाई निरन्तरता दिने समेत बताउनुभयो ।
शिविरमा पाकिस्तानमा अध्ययन गरेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले निःशुल्क सेवा उपलब्ध गराउनुभएको थियो । सो अवसरमा चार सयभन्दा बढी महिला तथा बालबालिकालाई तीन महिनाका लागि निःशुल्क औषधि पनि उपलब्ध गराइएको थियो ।रासस