१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भदौ १० को बाढीले सोधेको प्रश्न: हामी व्यस्त मात्र छौँ कि व्यवस्थित पनि? बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनशक्ति खोज्न र रोज्न रोजगार मेला



अ+ अ-

भक्तपुर । रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याई आ-आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ ।

मध्यपुरथिमिले विद्यार्थी तथा युवाको वृत्तिविकासमा टेवा पुर्याउन वृत्ति परामर्श सेवा र रोजगारीमा टेवा पुर्याउन यही असार १६ गते शनिबार वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला आयोजना गरिने नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

मेलाले स्थानीय सरकारलाई नगर क्षेत्र, जिल्लामा के–कति र कस्ता क्षेत्रमा रोजगारीको अवसर रहेछ भन्ने जानकारी हुनुका साथै बेरोजगार युवा कस्ता किसिमका तालिममा संलग्न हुन् चाहन्छन् भन्ने बारेमा जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

मेलामा युवा विद्यार्थीलाई वृत्तिविकाससम्बन्धी परामर्श सेवा दिइने, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी गरिने, तालिमबारे जानकारी एवं रोजगारसम्बन्धी सूचना दिइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादनको प्रदर्शनी गरिने, स्थानीय रोजगारीको अवसरको पहिचान तथा जानकारी दिइने र रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने उहाँले जानकारी दिनुभयो ।

मेलामा युवालाई बजारको मागअनुसार के–कस्ता सीपयुक्त तालिम आवश्यक छ भन्नेबारेमा जानकारी दिने, उद्योगलाई सीपयुक्त, अर्धसीपयुक्त जनशक्ति पहिचान गर्न अवसर मिल्ने र नगर क्षेत्र एवं जिल्लामा कति बेरोजगार युवा रहेछन् भन्नेबारेमा तथ्याङ्क सङ्कलनमा मेलाले टेवा पुर्याउने छ ।

दक्ष सीपयुक्त युवाहरूको सीप रोजगारदाताको मागसँग मेल खाए मेलामै अन्तरर्वार्ता लिई रोजगारीको सुनिश्चितता गरिने, उद्यम व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उपयुक्त जानकारी गराइने, सफल उद्यमीको कथा, अनुभव तथा सिकाइको आदान–प्रदान पनि मेलामा गरिने भएको छ । नगरपालिकाले नपाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यको संयोजकत्वमा मेला आयोजक समिति गठन गरेको छ ।-रासस