५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिनियामाथि ब्राजिलको सानदार जित



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले अफ्रिकी राष्ट्र गिनियामाथि ४–१ को सहज जित दर्ता गरेको हो ।

ब्राजिललाई फराकिलो जित दिलाउन जोएलिन्टन, रोड्रिगो, एडर मिलिसाओ र भिनिसियस जुनियर(पेनाल्टी)ले एक–एक गोल गरे । सेरहोउ गुइरासेले गिनियाका लागि एक गोल फर्काए ।

आरसीडिइ स्टेडियम स्पेनमा भएको खेलको २७औं मिनेटमा जोएलिन्टनले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए । उनको यो डेब्यु गोल समेत हो । ३०औं मिनेटमा रोड्रिगोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।

३६औं मिनेटमा गुइरासेले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । ४७औं मिनेटमा मिलिसाओले गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अघि बढाए ।

यस्तै, ८८औं मिनेटमा भिनिसियसले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ४–१ को सानदार जित दिलाए ।