५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै सञ्चालनमा आएन ‘सिटी हल’



अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह (सिटीहल) प्रयोगविहीन बनेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन ।

तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ । तर निर्माण सम्पन्न भएको पाँच वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन । सभाहल सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर निजी हल, होटेल प्रयोजन गर्नुपरेको स्थानीयवासीको गुनासो छ ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ । तत्कालीन नगर विकास समिति अहिले भीमदत्त नगर विकास समिति बनेको छ ।

सभा हल सञ्चालनमा ल्याउने दायित्व भीमदत्त नगरपालिकाको भए पनि नगरपालिकाले सभाहल सञ्चालनमा ल्याउन सकेको छैन । भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले सभागृह जुन उद्देश्यले निर्माण गरिएको थियो सो उद्देश्य बमोजिम प्रयोगमा आउन नसकेको बताउनुभयो ।

“सभाहल सञ्चालन गर्ने दायित्व नगरपालिकाको भए पनि सञ्चालन गर्न सकिएको छैन ।” उहाँले भन्नुभयो–“विभिन्न समस्याका कारण नगर विकास समितिको बैठक नै नियमित बस्न सकेको छैन ।” हालसम्म नगरपालिकाले सभागृह सञ्चालनका लागी आवश्यक मापदण्ड नै तयार गर्न सकेको छैन ।

स्थानीय नरेश जोशीले राज्यको करोडौँ रकम खर्चेर निर्माण गरिएको सभागृह तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो । “सुविधा सम्पन्न सभाहल बनेर प्रयोग नआउनु नगरपालिकाको लज्जाको विषय पनि हो ।” उहाँले भन्नुभयो–“अहिलेको नेतृत्वले यथाशीघ्र उक्त सभागृह सञ्चालनमा ल्याउन जरुरी छ ।”

उहाँले सभागृह सञ्चालनमा आए कुनै कार्यक्रमको आयोजना गर्नुपर्‍यो भने चर्को शुल्क तिरेर होटेलमा जानुपर्ने बाध्यता हट्ने बताउनुभयो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको साँढे पाँच बिघा जमिन क्षेत्रफलमा सभागृह निर्माण गरिएको छ ।

अपाङ्गमैत्री सभागृहमा एक हजारजना अटाउने क्षमता छ । यहाँका स्थानीयवासीले भने सभागृह जुन प्रयोजनका लागि बनेको हो त्यही प्रयोजनमा ल्याउनुपर्ने बताएका छन । “सभागृहमा अहिले नगरपालिकाले भूमि आयोगको कार्यालय राखेको छ जुन प्रयोजनका लागि बनेको हो त्यही प्रयोगमा ल्याउनुपर्छ ।”

स्थानीयवासी मदन चन्दले भन्नुभयो–“समागृह महेन्द्रनगरको आवश्यकता भएरै निर्माण गरिएको हो हालसम्म सञ्चालनमा आउन नसक्नु दुस्खद हो ।” २०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी रु ६ करोड ८१ लाखमा सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता हुँदाको इस्टमेट र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम रु एक करोड ७० लाख बढाएर रु आठ करोड ५१ लाखमा सभागृह निमार्ण सम्पन्न भएको थियो । रासस




भर्खरै