७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छ: अध्यक्ष ढकाल

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छ: अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताउँदै ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (ईप्पान0 को २१औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले अहिले कुल जडित क्षमताको दुई तिहाइ भन्दा बढी उत्पादन निजी क्षेत्रले गरिरहेको र निजी क्षेत्रको उल्लेखनीय प्रवेशले ऊर्जा क्षेत्रलाई आकर्षक बनाएको बताउनुभएको छ ।

तर, कतिपय अवस्थामा प्रसारण लाइन तथा अन्य समस्याका कारण निजी क्षेत्रद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको र नीतिगत अवरोधहरुका कारण उत्पादकले उत्पादित विद्युत् समेत विक्रीगर्न नसकेको बताउँदै निजी क्षेत्रको उत्साहलाई कायम राख्न नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताउनुभयो ।

जलविद्युत् विकासको कुरा दशकौदेखि गरिआए पनि पछिल्लो दशकमा भएको प्रगति उल्लेखनीय छ । राज्यबाट थोरै मात्र सहयोग भएपनि निजी क्षेत्र फस्टाउन सक्छ भन्ने उदाहरण जलविद्युत्, सिमेन्ट लगायत क्षेत्रमा देखिएको छ, उहाँले भन्नुभयो ।

उहाँले अबको केही वर्षमा ऊर्जा उत्पादनले तीब्रता पाउने विचारसमेत व्यक्त गर्नुभयो । “अहिले नै करिब ७ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणको चरणमा छ । विद्युत् खरिद सम्झौता खुकुलो हुँदा थप लगानीकर्ता आउने सम्भावना बढेको छ,” उहाँले भन्नुभयो । ऊर्जा निर्यात विदेशी मुद्रा आर्जनको माध्यम बन्न सकेको विषय अत्यन्त सुखद् रहेको बताउँदै भारतले १० वर्षमा १० हजार मेगावाट विजुली लिने प्रतिवद्धता जनाएको जानकारी गराउनुभयो ।

हालैको विम्सटेक मिटिङ्गका क्रममा पनि नेपालको विद्युत्को बारेमा कुरा उठेको बताउँदै उहाँले नेपाललाई दक्षिण एशियामात्र नभई दक्षिण पूर्वी एशियाको समेत ब्याट्रीको रुपमा विकास गर्ने सम्भावना रहेको बताउनुभयो ।