• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

वानएक्स बेटमा कलाकार ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’सहित आठ जना पक्राउ



काठमाडौँ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ कलाकारहरू ‘बल्छी ध्रुबे’ र राजु मास्टर सहित आठ जना पक्राउ परेका छन् ।

प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेल लगायतका कलाकारलाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।

वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेको र तीमध्ये एक जना ‘बल्छी ध्रुबे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ र राजु मास्टर  समेत रहेको बताइएको छ।

यद्यपि प्रहरीले तत्कालका लागि उनीहरूको नाम गोप्य राखेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।

पक्राउ परेका कलाकारहरूमाथि युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप लगाइएको छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ।

यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धाबन कार्यालयले अपरेसन चलाएको हो। प्रहरीले अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

पाँच जनाले मात्रै रु ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।