२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

काठमाडौं । श्रीमान्को कुटपिटबाट काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी विकको मृत्यु भएको छ ।

घरायसी झगडाका कारण यही जेठ २९ गते श्रीमान् शम्भु विकको कुटपिटबाट वडा सदस्य ज्ञानी गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा उनको धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट उनको टाउकोमा रगत जमेको थियो । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।

प्रहरीले ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान् शम्भुलाई पक्राउ गरिसकेको छ ।

ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् ।