२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी राजदूतावासद्वारा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना



अ+ अ-

काठमाडौँ । नेपालस्थित पाकिस्तानी राजदूतावासले पाकिस्तानको १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैठौं वार्षिक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पाकिस्तानी राजदूत अबरार एच हाश्मीले मंगलबार पुरस्कार प्रदान गर्नुभयो ।

यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘सार्क– कसरी सदुपयोग गर्न सकिन्छ क्षेत्रीय समृद्धि’ भन्ने थियो ।

निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत र कास्य पदकसहित स्मारिका र नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यसपछिका दश उत्कृष्ट विद्यार्थीलाई पनि सान्त्वना नगद पुरस्कार प्रदान गरिएको थियो ।

‘हाम्रो जीविकोपार्जनमा जलवायु परिवर्तनको प्रभाव– दक्षिण एसियामा साझा चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगितामा शीर्ष स्थान हासिल गर्नेहरूलाई पनि स्वर्ण, रजत, कांस्य पदकका साथै स्मारिका र नगद पुरस्कार प्रदान गरिएको थियो।

त्यसपछिका १३ उत्कृष्ट विद्यार्थीहरूले पनि स्मारिका र नगद पुरस्कार प्राप्त गरेका थिए।

दुवै प्रतियोगितामा ३८ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीसम्म नेपाली विद्यार्थीहरुको राम्रो संख्यामा सहभागिता रहेको नेपालस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत हाश्मीले सहभागी विद्यार्थीहरूको आलोचनात्मक सोचको प्रशंसा गर्दै भविष्यका चुनौतीहरूलाई आत्मसात गर्न आह्वान गर्नुभयो । उहाँले देशबीचको युवा अन्तरक्रियाको महत्त्वलाई चिरस्थायी पुलको रुपमा उजागर गरे ।

विगत ५ वर्षदेखि निबन्ध लेखन र १० वर्षदेखि वक्तृत्वकला प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ । यी दुई प्रतियोगिता नेपाली युवामाझ निकै लोकप्रिय भएको र देशभरका प्रतिभाशाली विद्यार्थीहरूलाई आकर्षित गर्ने गरेको राजदूतावासले जनाएको छ।