९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

विकासले रोक्यो झिम्पा गाउँको बसाइँसराइ

विकासले रोक्यो झिम्पा गाउँको बसाइँसराइ
अ अ+ अ-

गलकोट । घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ ।

बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ । “चार पाँच वर्षअघिसम्म बसाइँसराइको लहरै आएको थियो, धेरै कमाइ हुने घर छाडेर मधेस झरे, गाउँका केही घरसमेत खाली भएका थिए”, झिम्पा गाउँका बासिन्दा प्रमिला मगरले भन्नुभयो, “अहिले खाली भएका घरमा समेत मानिस बस्न थालेका छन्, काम विशेष, अध्ययन तथा मजदुरीका लागि राष्ट्रिय लोकमार्ग आसपासमा बसाइँ सरेरसमेत आउन थाले, पहिला घडेरी किन्न तराई सर्नेहरुले अहिले तल्लो झिम्पाको फाँटमा घडेरी किन्न थालेका छन् ।”

पहिला–पहिला मेलापात जानुपर्ने, घाँस दाउराका लागि लेक जानुपर्ने अवस्थामा यहाँका बासिन्दालाई दु:ख भए पनि अहिले लेक जान छाडिसकेका छन् । “पहिला जस्तो पानी लिन जानुपर्ने, दाउरा घाँस लिन जानुपर्ने अवस्था छैन, श्रीमान्ले विदेशमा कमाउनुहुन्छ, त्यही पैसा खर्च गरेर सहरमा कोठा लिएर बस्नुभन्दा आफ्नै गाउँमा बस्न आनन्द छ, पहिला बसाइँसराइ गरेर गएकाहरु समेत गाउँमा सुविधा थप भएपछि फर्केका उदाहरण छन्”, मगरले भन्नुभयो ।

गाउँको कुनाकाप्चामै सडक पुगेकाले अहिले सहरमा पाइने सुविधा गाउँमै पाइन थालेपछि बसाइँसराइ गर्नेहरु घटेका मात्रै छैनन् मधेस गएकासमेत गर्मीले शीतल खोज्दै गाउँ फर्किन थालेको स्थानीय चक्रबहादुर रोकाले बताउनुभयो । रोकाका अनुसार गाउँबाट दश वर्षअघि बसाइँसराइ गरेर गएका चार परिवार फर्केर गाउँमा आएका छन् ।

“सुविधाका लागि सहर जाने हो, सहरको सुविधा गाउँ आइसक्यो, आँखै अगाडिबाट लामो दूरीका बस नेपालका विभिन्न सहरका लागि छुट्छन्, मध्यपहाडी राष्ट्रिय लोकमार्ग कालोपत्र भएपछि निसीखोलामा विकासले फड्को मारेको हो, गाउँमै प्लाष्टिक टनेलमा तरकारी उत्पादन हुन्छ”, रोकाले भन्नुभयो, “अहिले २० बाख्रा पालेको छु, ५० कागती र ५० सुन्तलाका बोट हुर्कंदै गरेका छन्, गरिबहरु बसाइँसराइ गर्र्ने कुरै भएन, धनीहरुसमेत सहरको जस्तो घर गाउँमै बनाएर बस्न थाले ।”

रोकाले झिम्पा गाउँमैै १० शय्याको पालिका अस्पताल निर्माण भइरहेको जनाउँदै स्वास्थ्य सेवासमेत दैलोमै पाइनेमा झिम्पा गाउँका बासिन्दा आशावादी छन् । तराईमा अहिले गर्मीले बस्न नसक्ने अवस्था हुँदा गाउँमा शीतल छ । झिम्पामा एक घर एक धारा निर्माण भएपछि शुद्ध खानेपानीको सुविधासमेत थपिएको छ । अव्यवस्थित रुपमा पानीको उपभोग गर्दै आएका झिम्पावासीलाई शुद्ध खानेपानीको सुविधा थपिएपछि बसाइँसराइ रोक्न झनै टेवा पुगेको हो ।

निसीखोला–४ झिम्पाका झन्डै एक सय घरमा गत वर्ष गोर्खा वेलफेयर ट्रर्सले घर–घरमा धारा निर्माण गरेर शुद्ध पानी वितरण गरेको हो । झिम्पा खानेपानी आयोजनामार्फत अहिले ९४ घरमा शुद्ध खानेपानी वितरण भइरहेको झिम्पा खानेपानीका अध्यक्ष चक्रबहादुर रोकाले जानकारी दिनुभयो । “पानीको सङ्कट थिएन तर अव्यवस्थित थियो, कहिले आउने कहिले नआउने गर्दथ्यो, अहिले मुहानमै शुद्धिकरणको व्यवस्था छ, पानीलाई प्रशोधन गर्नका लागि मुहानमै व्यवस्थापन भएपछि अहिले घर–घरमा शुद्ध पानी वितरण हुन्छ”, रोकाले भन्नुभयो, “दुर्गम गाउँका रुपमा चिनिएको झिम्पा अहिले शुद्ध खानेपानी, सडकको पहुँच, दैलोमै राष्ट्रिय राजमार्ग आएपछि फेरिएको छ, यहाँका नागरिकले विकासको महसुस गरेका छन् ।”

स्थानीय झजी बुढामगरले विकास दैलोमै आएपछि गाउँ थप रमाइलो भएको बताउनुभयो । आम्दानीको स्रोत भए सुविधा खोज्न सहर जान नपर्ने बुढामगरले बताउनुभयो । गाउँमा अहिले आय आर्जनका लागि व्यावसायिक कागती खेती थालिएको छ । अहिले झिम्पा गाउँका घर–घरमै कागती खेतीको लहर आएको छ । यहाँका स्थानीय परम्परागत खेती छाडेर आयआर्जनका लागि कागती खेतीतर्फ आकर्षित भएको स्थनीय कागती किसान रेमबहादुर क्षत्रीले बताउनुभयो ।

क्षेत्रीका अनुसार अहिले एक घरमा १० कागतीका बोटदेखि चार सय कागतीका बोट लगाउनेहरु छन् । झिम्पागाउँमा प्लाष्टिक टनेलमार्फत समेत व्यावसायिक तरकारी खेती गर्न थालिएको हो । राष्ट्रिय सडकको पहुँच पुगेसँगै बजारीकरणको समस्या नभएपछि यहाँका बासिन्दा घाँस दाउरा छाडेर व्यावसायिक कागती खेती, सुन्तला खेती, बाख्रापालन तथा तरकारी खेतीमा आकर्षित भएका छन् ।रासस