२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखकहरुले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन: बैरागी काँइला



अ+ अ-

काठमाडौँ । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताउनुभएको छ ।

मंगलवार गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले यस्तो बताउनुभएको हो । उहाँले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्नता रहेको भन्दै पुरस्कारमा कर लगाउनु उचित नभएको बताउनु भयो ।

उहाँले पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई ऐन बमोजिमको कर लगाउनु राम्रो भएको बताउनु भयो । उहाँले लेखकले ५० वर्षपछि एक पटक पाउने पुरस्कारमा आयकर काटेर पुरुस्कार दिन नहुने बताउनु भयो। उहाँले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने जिकिर गर्नुभयो । उहाँले अहिलेसम्म आफूले पाएको पुरस्कारमा तोके बमोजिम नै पुरस्कार पाएको भन्दै पुरस्कार दिने संस्थानहरुले अब विचार गर्नुपर्ने बताउनु भयो।

उहाँले पुरस्कार घोषणा भए बमोजिमको पुरस्कार पाउनुपर्ने बताउनु भयो । उहाँले अब सरकारलाई लेखकहरुले कर १५ वा २५ प्रतिशत कति तिर्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काट्ने गरेको बताउनु भयो। उहाँले यो अवस्थाबाट आम नेपाली लेखकहरु पीडित रहेको बताउनु भयो । उहाँले नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन सकिन्न भन्ने थाहा पाएर कतै गुनासो नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्न चिज हुन् । पारिश्रमिक नियमित हुन्छ । त्यसमा ऐन बमोजिमको कर लाग्दा हुन्छ । पुरुस्कार भनेको फाटफुट पाइन्छ । २० वर्षमा पछि समेत पाइन्छ । गोरखापत्र स्थापना भएको ५० वर्षपछि उहाँले सम्मान पाउनुभयो । अनि के को पुरस्कारमा कर लगाउनु पर्‍यो । राज्यको कर लाग्ने नियमित आम्दानीमा हो । भेटेको पैसामा के को कर ? यस्तो कुरा पुरस्कार दिने संस्थानहरुले ध्यान दिनुपर्छ ।

मैले अहिलेसम्म धेरै पुरस्कारहरु पाए । तर कुनै पनि संस्थानहरुले तोकिएको आयकर कट्टा गरेर तोकिएको रकममा बाँकी रकम दिएन । एक लाख पुरस्कार घोषणा अनुसार एक लाख रुपैयाँ नै दियो । तोकेर दिने पुरस्कार बराबरको रकम दिनुपर्छ । कर कट्टी गर्ने रकम आफ्नै खातामा लगाउँदा हुन्छ । अब सरकारलाई लेखकहरुले कर कति दिनुपर्ने हो । १५ प्रतिशत हो वा २५ प्रतिशत हो । लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काटेर दिन्छ । यो अवस्थाबाट आम लेखकहरु पीडित छन् । नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन नकिने भन्ने थाहा छ । त्यसैले गुनासो नगरी जति दिएपनि उनीहरुले लिने गर्छन् ।’

मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ । गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ । मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ ।