२६ श्रावण २०८३, मंगलवार
,
Latest
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल काठमाडौंका अस्पतालको फोहोर व्यवस्थापन गर्ने कर्मचारी संक्रमणको जोखिममा कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनबीच सहमति: गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ दलहरुबीच बजेट पास गरेर गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको हो।

जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार बैठकमा बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भएको र सबै दलका नेताहरु गठबन्धनमा देखिएको समस्या समाधान गर्ने पक्षमा रहेका छन् ।

बैठकमा बजेटमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ।

बजेट पास गरेर असन्तुष्टिका विषयलाई सम्बोधन गरेर जाने कुरा भएको उहाँले बताउनुभयो । बैठकमा एकीकृत समाजवादीका नेताहरुले पनि आफ्नो कुरा राखेको र प्रधानमन्त्री एकीकृत समाजवादीले सरकारले बजेट संशोधन नगरे सरकार ढाल्नेसम्मको चेतावनी दिएको दिँदै आएको थियो । अध्यक्ष नेपालको चेतावनीपछि सोमबार पनि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर छलफल गर्नुभएको थियो ।