• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन



रोमः इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा मिलानको सान राफेल अस्पतालमा निधन भएको हो ।

उहाँ ल्युकेमिया नामको रक्त क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । स्वास्थ्य परीक्षणका लागि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

इटालीमा चार पटक प्रधानमन्त्री प्रधानमन्त्री हुनु भएका बर्लुस्कोनी निकै विवादित हुनु भएको थियो । उहाँमाथि याैन सम्बन्ध र भ्रष्टाचारका आरोपहरू लागेका थिए । सन् १९९४ मा पहिलो पटक प्रधानमन्त्री हुनु भएका उहाँले सन् २०११ सम्म पटक पटक गरी चार पटक इटालीको शक्तिशाली पद प्रधानमन्त्री बन्नु भएको थियो ।

मिडियामा विशाल लगानी गरेका अर्वपति व्यापारी बर्लुस्कोनीले मिडियाकै आडमा आफूलाइ शक्तिको केन्द्रमा राख्न सफल भएको मानिन्छ । कुनै समय उनले इटालीको चर्चित फुटबल क्लब एसी मिलानको स्वामित्व सन् १९८६ मा पनि खरिद गरेका थिए जुनबेला एसी मिलान टाट पल्टिने अवस्थामा पुगेको थियो ।

विविसीका अनुसार, बर्लाेस्कोनीको छायाँको वरिपरि इटालीको राजनीति, संसद, मिडिया, फुटबल र आम जनताको मनोभाव घुमेको थियो । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले बर्लोस्कोनीजस्ता साहसी व्यक्तिको अभाव इटालीलाइ रहिरहने बताइन् । इटालीले एक अभिभावक, साहसी र प्रखर व्यक्ति गुमाएको उनको भनाइ छ ।  एएफपी