• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

असार १ भित्र प्रधानन्यायाधीश नियुक्तिको टुंगो लाग्ने



काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको टुंगो असार १ गतेभित्र लाग्ने भएको छ । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले असार १ गतेभित्र प्रधानन्यायाधीश नियुक्तिको टुंगो लगाउने भएको हो ।

मंगलबार बसेको समिति बैठकले असार १ गतेभित्र नियुक्ति टुंगो लगाउने गरी सुनुवाइ गर्ने निर्णय गरेको हो । तीनदिनभित्र सुनुवाइ टुंगो लगाएपछि प्रधानन्यायाधीश नियुक्तिको बाटो खुला हुनेछ ।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध जेठ १६ गते १० िदनको समय दिएर उजुरी आह्वान भएको थियो । यस अवधिमा २९ उजुरी परेको बताइएको छ । ।

समितिले जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्नेछ । समितिसमक्ष कार्कीले प्रस्तुत गरेका कार्ययोजना सदस्यहरूलाई उपलब्ध गराइएको छ ।

जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने असार १ गते समितिले निर्णय गर्ने कार्यतालिका रहेको छ।