२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार १ भित्र प्रधानन्यायाधीश नियुक्तिको टुंगो लाग्ने



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिको टुंगो असार १ गतेभित्र लाग्ने भएको छ । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले असार १ गतेभित्र प्रधानन्यायाधीश नियुक्तिको टुंगो लगाउने भएको हो ।

मंगलबार बसेको समिति बैठकले असार १ गतेभित्र नियुक्ति टुंगो लगाउने गरी सुनुवाइ गर्ने निर्णय गरेको हो । तीनदिनभित्र सुनुवाइ टुंगो लगाएपछि प्रधानन्यायाधीश नियुक्तिको बाटो खुला हुनेछ ।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध जेठ १६ गते १० िदनको समय दिएर उजुरी आह्वान भएको थियो । यस अवधिमा २९ उजुरी परेको बताइएको छ । ।

समितिले जेठ ३० र ३१ गते उजुरीकर्तासँग छलफल गर्नेछ । समितिसमक्ष कार्कीले प्रस्तुत गरेका कार्ययोजना सदस्यहरूलाई उपलब्ध गराइएको छ ।

जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने असार १ गते समितिले निर्णय गर्ने कार्यतालिका रहेको छ।