२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आ–आफ्नो कित्ता रोजौँ– डा भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले युगीन सङ्कट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ भन्दै विवेकको प्रयोग गरेर आ–आफ्नो कित्ता रोज्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले यथास्थितिवादी तथा अवसरवादी शक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रङ्ग बदल्ने र भीडको पछि दौडने बताउनुभएको छ ।

विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताउँदै विवेकको प्रयोग गरेर आ–आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने उहाँले बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले लेख्नुभएको छ, “जिउँदो माछा पानीको धाररछाल विरुद्ध पौडिन्छ १ मरेको माछा धाररछालसँगै बग्छ १ परिवर्तनकारीरअग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारीरकट्टरपन्थी धाररछाल विरुद्ध उभिन्छन्,लड्छन् स् समाजलाई अग्रगामी बाटो देखाउँछन् १ युगीन सङ्कट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ १ विवेकको प्रयोग गरौँ स् आ–आफ्नो कित्ता रोजौँ १’