• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

मनसुनबाट १२ लाख प्रभावित हुने, प्रतिकार्य योजना तयार



काठमाडौँ । यही जेठको अन्तिममा सुरु भएर करिब एक सय दिन क्रियाशिल यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । गृहमन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिइएको जानकारी अनुसार मनसुनबाट प्रभावित हुनसक्ने जनसंख्या १२ लाख ५४ हजार १८१ र घरधुरी दुई लाख ८६ हजार ९९८ रहनेछन् ।

मनसुनबाट हुनसक्ने सम्भावित क्षति रोकथाम र न्यूनिकरणका लागि बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको समितिको १८औँ बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।

उक्त कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आकलन गरी विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, सरकारी तथा गैसरकारी संस्थाहरुको जिम्मेवारी तोकिनुका साथै खोज, उद्धार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठल्े उपलब्ध साधन स्रोतको अधिकतम उपयोग एवं परिचालन गरी विपत् जोखिम न्यूनिकरण गर्नतिर ध्यान दिन र विगत वर्षहरुका कमजोरी तथा असावधानी पुनरावृत्ति हुन नदिई कार्ययोजनाको ठोस कार्यान्वयन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले व्यवस्थित कार्ययोजना बनाउँदा नागरिकको तहबाट पनि सहयोग हुने अनुभव सुनाउँदै कार्र्ययोजना कार्यान्वयनमा सक्रियताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनसुनबाट साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान प्रस्तुत गर्दै प्राधिकरणबाट मनसुनजन्य विपतका लागि गरिएका थप तयारीबारे जानकारी गराउनुभयो । पोखरेलले पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपत् सामूहिक उद्धार सवारी तथा ए क्लास एम्बुलेन्सहरु खरिद गरी सात वटै प्रदेश र काठमाडौँ उपत्यकामा एक एक वटा रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

त्यसैगरी भण्डारण गरिएको आपतकालीन उपकरण र सामग्रीपको जानकारी उपलब्ध हुने गोदाम स्रोत व्यवस्थापन प्रणाली र खोज तथा उद्धारमा संलग्न हुने स्वयमसेवकहरुको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणालीबारे पनि उल्लेख गर्नुभयो । खोज, उद्धार तथा राहत विवरणका लागि हालसम्म एक लाख ४२२ जान स्वयंसेवक सूचिकृत भइसकेको गृहमन्त्रालयले जनाएको छ ।

राष्ट्रिय कार्ययोजनामा संघीय मन्त्रालय तथा निकायहरु र केन्द्रीय विषयगत क्षेत्रको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययाजना, जिम्मेवार मन्त्रालय तथा विभागहरु र सुरक्षा निकायहरुको जिम्मेवारीका साथे आपत्कालीन अवस्थामा विषयगत क्षेत्रको सम्पर्क विवरणहरु पनि उल्लेख गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।