११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताउनुभएको छ ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै मन्त्री पाण्डेले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताउनुभएको हो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने नेपालको सपना साकार बनाउनै पर्ने बताउनु भयो ।

उहाँले विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन भनेर निरास हुने अवस्था नरहेको बताउनु भयो । उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनको लागि सरकारले आवश्यक पहल गर्ने बताउनु भयो ।

उहाँले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने सपना साकार बनाए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एशियाको सपना हुने दाबी गर्नुभयो । उहाँले निजगढ विमानस्थल बनाउने कुरा छायाँमा बनाउने काम गर्न दिन नहुने उल्लेख गर्नुभयो । उहाँले सरकारले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेको भन्दै अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पुर्याउनुपर्नेमा जोड दिनुभयो।

उहाँले होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जानसक्ने भन्दै जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन आउने सपना देख्न सक्नुपर्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मुख्य हो । यसका साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुन । यी सपना र आशाका सञ्चार गर्दै जानुपर्छ । छोटो काल खण्डमा दुईवटा विमानस्थल चलेनन भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालले बेकेको सपना छ । नेपालको यो सपना साकार बनायौं भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एसियाको सपना हुन्छ । निजगढ विमानस्थल बनाउने कुरा छायाँमा बनाउने काम गर्न दिनु हुँदैन ।

हामीले आशा सञ्चार गरिरहनुपर्छ । हामीले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेका छौ । हामीले अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पु¥याउनुपर्छ । हामीसँग त्यो सम्भवाना छ । होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जाँदैन भन्ने कुरा हुन सक्दैन । जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन हामीले ल्याउनुपर्छ ।’

उहाँले नेपालका विभिन्न विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान गर्नसक्ने सम्भावना रहेको बताउनु भयो । उहाँले त्यसको लागि सरकारले कुटनीतिक रुपमा पहल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।