७ जेष्ठ २०८२, बुधबार
,
Latest
यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी, तयारी अवस्थामा नबसे ठूलो क्षति हुने… लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि बिचको सहकार्य अक्षयले परेश रावलविरुद्ध २५ करोडको मुद्दा दायर गरे, ‘हेरा फेरी ३’को शुटिङ बीचैमा छोडेको आरोप गौरवको आयोजना छ वर्षदेखि अलपत्र ‘हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार काठमाडौं प्रहरी परिसरबाटै थुनुवा फरार भएपछि… माओवादी लक्षित एमाले सांसदको कटाक्षः एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ विशाल कार्यः पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि उत्कृष्ट ‘ढुकुर जोडी’लाई सम्मान गर्दै सुन्दरहरैँचा नगरपालिका सम्पती शुद्धीकरणको मामिलाः नेपालमा शंकास्पद कारोवार तथा गतिविधि झनै बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, ऋग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति, २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुतिकरण गरिएको थियो ।

छलफलमा लामो समयदेखि बन्द र अन्योलको अवस्थामा रहेका गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौँडा सिमेन्ट र कपडा उद्योग, नेपाल ओरियण्ड उद्योगलगायत उद्योगलाई सरकारको स्वामित्वमा निजी क्षेत्रको साझेदारी वा उपयुक्त ढाँचामा सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने विषयमा छलफल भएको थियो । यसैगरी पेट्रोलियम पदार्थ र फलाम खानीको उत्खनन्का प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

प्रधानमन्त्री ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने दिशामा ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिनुभयो । सो अवसरमा उद्योगमन्त्री दामोदर भण्डारी, सचिव गोविन्दबहादुर कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।