• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

नेपालको बक्सिङ प्रशिक्षकमा शिव सिंह नियुक्त



 काठमाडाैंः १९ औ एशियन गेम्सको तयारीमा रहेका २६ जना नेपाली बक्सिङ प्रशिक्षण सम्हाल्न शिव सिंह नेपाल आएका छन । भारतका पूर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ सिंह विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याप्यिन मुक्केबाज उत्पादन गर्न सफल रहेका थिए ।

सिंहले आगामी १९ औ एशियनको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन । उहाँसंगै प्रशिक्षणमा नेपाली बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पूर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् ।

प्रशिक्षण विहान र बेलुका दशरथ रंगशालामा भइरहेको छ ।