२४ भाद्र २०८३, बुधबार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो टेस्ट च्याम्पियन



अ+ अ-

काठमाडौं ।आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतमाथि सानदार जित निकाल्दै अष्ट्रेलियाले उपाधि हात पारेको छ । घरेलु मैदानमा आयोजित फाइनल खेलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

अष्ट्रेलियाले जितको लागि दिएको ४ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको भारत अन्तिम दिन पहिलो सेसनमै २ सय ३४ रनमा अल आउट भयो । भारतका लागि विराट कोहलीले ७८ बलमा ७ चौकासहित सर्वाधिक ४९ रनमा आउट भए । स्कट बोल्यान्डले एउटै ओभरमा बिराट कोहली र रविन्द्र जडेजालाई आउट गरेपछि भारतको आशा लगभग समाप्त भएको थियो ।

यस्तै, अजिंक्या रहाणे १ सय ८ बलमा ४६ रन बनाएर आउट भए । भारतकाओपनर शुभमन गिल र कप्तान रोहित शर्माले ७।१ ओभरमा ४१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । गिल १९ बलमा २ चौका प्रहार गर्दै स्कट बोलान्डको बलमा स्लिपमा क्यामरन ग्रीनबाट क्याच आउट हुँदै पेभेलिएन फर्के । आक्रामक ब्याटिङ गरेका कप्तान शर्मा ६० बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि नाथन लायनले ४ विकेट तथा स्कट बोल्यान्डले ३ विकेट लिएका थिए । मिचेल स्टार्कले २ र कप्तान प्याट कुमिन्सको खातामा एक विकेट गयो ।

पहिलो इनिङमा नै अष्ट्रेलियाले जितको आधारशीला बनाएको थियो । स्टिभन स्मिथ र ट्राभिस हेडबीच २८५ रनको विशाल साझेदारीको मद्दतमा अष्ट्रेलियाले ४६९ योगफल बनाउन सफल रहदा भारत पहिलो इनिङमा २९६ रनमा अलआउट भयो । पहिलो इनिङमा १६९ रन बनाएको ट्राभिस हेड म्यान अफ दि फाइनल बनेका छन् ।

भारत लगातार दोस्रोपटक टेस्ट च्याम्पियनसीपको फाइनलमा पराजित भएको हो । पहिलो संस्करणमा भारतलाई हराउँदै न्यूजिल्यान्ड विजेता भएको थियो ।