२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो लागेर तीन सय ७० दशमलब ५२ अङ्कमा पुगेको छ ।

कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कूल ९५ लाख २८ हजार दुई सय ५५ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ४३ लाख ४४ हजार पाँच सय ६३ मूल्यमा कारोबार भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार छ सय ९१ बराबर पुगेको छ ।

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु एघार करोड ४७ लाख २४ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्ट रु १० करोड ८७ लाख ७५ हजार पाँच सय १५, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १० करोड ६८ लाख ५० हजार छ सय ३१, नेपाल दूरसञ्चार कम्पनी र आठ करोड १२ लाख ६४ हजार नौ सय ५४ र नेपाल पुनरबीमा कम्पनी रु सात करोड ९३ लाख १४ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार भूगोल इनर्जी र सिटी होटल लिमिटेडको शेयर मूल्यमा १० प्रतिशत बराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ । गुह्यश्वरी मर्चेण्ट बैंक आठ दशमलव ७०, रिलायन्स फाइनान्स आठ दशमलब ३६ र सिटिजन इन्भेस्ट ट्रष्टका लगानीकर्ताले आठ दशमलब ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो तीन दशमलब ८३, मेगा म्युचुअल फण्ड पहिलो दुई दशमलब ५३, मनकामना स्मार्ट लघुवित्त दुई दशमलब ५१, एनआइसी एशिया सेलेक्ट फण्ड दुई दशमलब ४० र प्रभु स्मार्ट फण्डका लगानीकर्ताले एक दशमलब ९४ प्रतिशतले गुमाएका छन् । रासस