१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘मीरा: स्याडो अफ अ रेन्बो’को गीत रिलिज, गीतमा उठाईयो लैंगिकताको बिषय



अ+ अ-

काठमाडौँ।नेपाली चलचित्र ‘मीरा: स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा प्राकृतिक रुपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाईएको छ ।

भिडियोमा निर्देशक समेत रहेकी अनिता पण्डित र नायिका सुरविना कार्कीलाई प्रमुख बनाईएको छ भने अभिनेताद्वय निशान चौहान र कैलाश रावललाई पनि राखिएको छ । चलचित्रकी निर्देशक पण्डितले सार्वजनिक गीतले यस चलचित्रको अर्को कथा देखाउने बताईन् । उनले भनिन्, ‘यो चलचित्रमा प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा यस चलचित्रमा रहेको छ । यसमा बच्चाको अटिजम समस्यासँगै आफ्नो रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा रहेको छ ।’ यो चलचित्रमा अभिनय र निर्देशनसँगै लेखन पनि पण्डितको रहेको छ ।

यस चलचित्रमा अनिता, सुरविना, निशान, कैलाशको साथमा रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमूख अभिनय रहेको छ । आश्वि फिल्मसले चलचित्र निर्माण गरेको हो । चलचित्रको रिलिज मिति छिट्टै तोकिने निर्देशक पण्डितले बताईन् ।