६ भाद्र २०८३, शनिबार
,
Latest
बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण बाढी नियन्त्रण र सिँचाइलाई एकीकृत रूपमा अघि बढाउन मन्त्री श्रेष्ठको निर्देशन एमाले अध्यक्ष ओलीद्वारा ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ उद्घाटन काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हाइब्रिड मोडल’ अनुसार पाकिस्तान र श्रीलङ्कामा हुने भयो एसिया कप



अ+ अ-

काठमाडौं । लामो समयको अन्योलमा रहेको एसिया कप क्रिकेट पाकिस्तान र श्रीलङ्कामा हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पाकिस्तानी क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ अनुसार प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुने लगभग टुंगो लगाएको हो ।

क्रिकइन्फोले जनाएअनुसार ‘हाइब्रिड मोडल’ अनुसार प्रतियोगिताका १३ मध्ये ४ वा ५ वटा खेलहरू पाकिस्तानमा हुनेछन् भने बाँकी खेलहरू श्रीलङ्कामा आयोजना हुने छ ।

भारत पाकिस्तान नजाने भएपछि प्रतियोगिताका सबै खेल श्रीलङ्कामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेको खण्डमा फाइनल पनि श्रीलंकाले नै आयोजना गर्नेछ ।

क्रिकइन्फोको रिपोर्ट अनुसार एसीसीले यो सप्ताहान्तपछि प्रतियोगिता आयोजनास्थलबारे आधिकारिक घोषणा गर्ने छ । प्रतियोगिता १ देखि १७सेप्टेम्बर सम्म हुनेछ ।

पाकिस्तान र भारतबीचको राजनीतिक विवादले गर्दा एसिया कप हुने नहुने अन्योलमा परेको थियो। पाकिस्तानले एसिया कप आफ्नै होम ग्राउण्डमा गराउन अडान राखेर हाइब्रिड मोडल प्रस्ताब गरेको थियो । तर, एसीसीलेकुनै रुचि देखाएको थिएन । पछि, पाकिस्तानले युएईलाई दोस्रो आयोजनास्थलका रूपमा अघि सारेको थियो । तर,  बंगलादेशले त्यहाँको उच्च तापक्रमलाई देखाएर असहमति जनाएको थियो ।

नेपाल पनि एसिया कपमा सहभागिता जनाउदै छ । यस प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान रहेका छन् ।