९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

ए डिभिजन लिग: दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट

ए डिभिजन लिग: दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट
नवप्रवेशी टोली चर्च ब्वाईज
अ अ+ अ-

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग २०७९ सम्पन्न भएको छ । डबल लिगको आधारमा भएको प्रतियोगितामा कुल १८२ खेल सम्पन्न हुँदा नवप्रवेशी टोली चर्च ब्वाईजले उपाधि उचाल्न सफल भयो ।

प्रतियोगिताको उपाधि पहिलो पटक ए डिभिजन लिग खेलेको चर्च ब्वाइजले कब्जा गरेको छ । यसै सिजन बढुवा भएको चर्च ब्वाईजले एक खेल अगावै साविक विजेता मच्छिन्द्र फुटबल क्लवलाई हेड टु हेडमा पछि पार्दै शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको हो ।

चर्च ब्वाईज एक खेल अगावै मच्छिन्द्रलाई हेड टु हेडमा पछाडि पार्दै लिगको च्याम्पियन बन्यो । पहिलो सिजनमा उपाधि उचालेको चर्च ब्वाईज लिगको उपाधि उचाल्ने १६ औं टोली भएको छ । यसअघि मनाङ मस्र्याङ्दी फुटबल क्लवले सर्वाधिक ८ पटक उपाधि उचालेको छ भने रानीपोखरी कर्नर टिम (आरसिटी)ले ६ पटक लिगको उपाधि उचालेको छ ।

साथै चर्च ब्वाईज मनाङ मस्र्याङ्दी पछि लगातार ए, बी र सी डिभिजन लिग जित्ने दोस्रो टोली भएको छ । २०६६ सालमा स्थापना भएको चर्च ब्वाईज २०७८ मा सी च्याम्पियन, २०७९ मा बी च्याम्पिन हुँदा शीर्ष डिभिजन लिगमा उक्लिएको थियो । यसअघि मनाङ २०४१ मा सी च्याम्पियन हुँदै बी डिभिजनमा उक्लिएको मनाङले २०४२ मा नै बी च्याम्पियन र २०४३ मा ए डिभिजन लिगको च्याम्पिन भएको थियो ।

१४ वर्षको समयावधिमा नयाँ च्याम्प्यिन चर्च ब्वाईजले २५औं चरण सम्म आइपुग्दा १२ जित, ९ बराबरी र ४ खेल गुमाएको छ र एक खेल खुमलटारसँग खेल्न बाँकी छ । यस्तै प्रशिक्षक बालगोपाल महर्जनको नाममा पनि पहिलो शहीद स्मारक ए डिभिजन लिगको उपाधि हात लागेको छ । २०६१ सालमा खेलाडीको रुपमा थ्री स्टारका लागि शीर्ष डिभिजन लिगको उपाधि उचालेको बालगोपालले २०८० मा चर्च ब्वाईजलाई प्रशिक्षकको रुपमा उपाधि दिलाउन सफल भएका हुन् ।

यसैगरी विभागीय क्लव एपीएफ र एफसी खुमलटार बी डिभिजनमा घटुवा भएका छन् । यस पटक ए डिभिजन लिगका खेलहरु ३ वटा मैदानमा आयोजना गरिए । एन्फा मैदान सातदोबाटो, च्यासल मैदान र त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा आयोजना गरिएको थियो ।

ए डिभिजन लिगमा चर्च ब्वाइजले २६ खेल खेल्दा सर्वाधिक १३ खेलमा जित निकाल्न सफल भयो । चर्च ब्वाइजले प्रतियोगिताभर ३५ गोल गर्दा १५ गोल व्यहोर्न पुग्यो । उपाधि विजेता चर्च ब्वाइजले ७५ लाखको चेक प्राप्त गरेको छ । यसैगरी गत संस्करणको उपाधि जितेको मच्छिन्द्र क्लव यस सिजन उपाधि जोगाउन असफल रह्यो । तर, दोस्रो स्थानमा रहन सफल भयो । मच्छिन्द्र ४५ अंकका साथ दोस्रो स्थानमा रहँदा २६ खेलमा १२ मा जित ९ मा बराबरी र ५ खेलमा हार भोग्न बाध्य भयो । मच्छिन्द्रले सर्वाधिक ४१ गोल गर्दा २६ गोल खायो । मच्छिन्द्रले ५० लाखको चेक प्राप्त गरेको छ ।

यस्तै, विभागीय क्लव नेपाल पुलिस तेस्रो स्थानमा रहेर लिगको समापन गर्‍यो । पुलिसले ४१ अंक जोड्दा १२ खेलमा जित र ५ खेलमा बराबरी गरेको थियो । पुलिसले प्रतियोगिताभर ९ खेलमा हार भोग्यो । पुलिसले २९ गोल गर्दा ३० गोल सुम्पियो । तेस्रो भएको पुलिसले २५ लाखको चेक प्राप्त गरेको छ । यसैगरी पुलिसले फेयर प्ले टिमको उपाधि पनि जितेको छ । पुलिसले थप ३ लाखको चेक पनि प्राप्त गरेको छ ।
यस्तै शुरुमा ए डिभिजन लिगको उपाधि दाबेदार मानिएको जावलाखेल युथ क्लव दोस्रो चरणमा लय गुमाउन पुग्दा अन्त्यमा चौथो स्थानमा पुग्यो । जवलाखेलले १० खेलमा जित ७ खेलमा बराबरी गर्दा ९ खेल गुमायो । ३७ अंक बनाएको जावालखेलले प्रतियोगिताभर ३९ गोल गर्दा ३३ गोल खान पुग्यो ।

यस्तै, सातदोबाटो युथ क्लव पाँचौं स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ । सातदोबाटोले १० खेलमा जित निकाल्दा ५ खेलमा बराबरी गरेको थियो । यसैगरी ११ खेलमा पराजित भयो । सातदोबाटोले २८ गोल गर्दा २८ गोल नै खान पुगे । सातदोबाटोले ३५ अंक जोडेको थियो ।
यस्तै, न्युरोड टिम एनआरटी छैटौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्‍यो । एनआरटीले ८ खेलमा जित निकाल्दा १० खेलमा बराबरी खेल्यो । एनआरटीले सिजभर ३३ गोल गर्दा ३७ गोल खान पुगेको थियो । सातौं स्थानमा विभागीय क्लव त्रिभुवन आर्मी रह्यो । ८ खेलमा जित निकालेको आर्मीले १० खेलमा बराबरी गर्दा ८ खेलमा अंक गुमाएको थियो । आर्मी ३४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको हो । आर्मीले सिजभर ३० गोल गर्दा २९ गोल व्यहोर्यो ।

यसैगरी मनाङ मस्र्याङ्दी क्लब आठौं स्थानम रहेर यो सिजनको अन्त्य गरेको छ । मनाङले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी गरेको थियो भने ८ खेलमा पराजित भयो । मनाङले २५ गोल गर्दा २९ गोल खायो । नवौं स्थानमा थ्रीस्टार क्लव आएको छ । अन्तिम खेलअघि रेलिगेशन पर्ने त्रासमा रहेको थ्रीस्टारले अन्तिम खेलमा जावलाखेलाई पराजित गर्दै ए डिभिजन लिगमै आफूलाई राख्न सफल भयो । थ्रीस्टारले प्रतियोगिताभर ३२ अंक बनायो । थ्रीस्टारले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी र ८ खेल गुमायो । प्रतियोगिताभर सर्वाधिक कम गोल गरेको टिमको रुपमा थ्रीस्टार रह्यो । थ्रीस्टारले १८ गोल गर्दा १८ गोल नै खान पुगेको छ ।

यसैगरी दशौं स्थानमा संकटा क्लव रह्यो । संकटाले ७ खेलमा जित १० खेलमा बराबरी र ९ खेलमा पराजय भोग्न पुग्यो । संकटाको ३१ अंक रहेको थियो । संकटाले प्रतियोगिताभर २७ गोल गर्दा ३० गोल आत्मसात गर्‍यो । हिमालयन शेर्पा क्लव भने ११ औं स्थानमा रह्यो । शेर्पाले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी र ९ खेलमा पराजय भयो । शेर्पाले २८ गोल गर्दा ३५ गोल व्यहोरेको थियो । शेर्पाको ३१ अंक रह्यो ।
१२ औं स्थानमा रहने टिम हो फ्रेण्ड्स क्लव । फ्रेण्ड्स ३० अंकसहित रेलिगेसनबाट जोगिन सफल रह्यो । फ्रेण्ड्सले ७ खेलमा जित निकाल्दा ९ खेल बराबरी गरेको थियो भने १० खेलमा पराजय भयो । फ्रेण्ड्सले ४२ गोल गर्दा ३७ गोल खायो ।

यसैगरी यो सिजन एपीएफ तेह्रौं स्थानमा रहँदै रेलिगेशनमा पर्ने टिम विभागीय क्लव एपीएफ बन्यो । २६ खेलमा ८ खेल जित्दा ६ खेल बराबरी र १२ खेलमा पराजित भयो । २९ गोल गर्दा ३६ गोल खान पुग्यो । एपीएफ र फ्रेण्ड्सको समान ३० अंक रहे पनि गोल अन्तरका आधारमा एपीएफ रेलिगेशन भएर बी डिभिजनमा घटुवा भयो ।

प्रतियोगितामा चर्च ब्वाईजका गोलकिपर प्रिसो उत्कृष्ट गोलकिपर चुनिएर २ लाख हात पारे भने थ्री स्टारका लकेन लिम्बूले उदीयमान युवा खेलाडी बन्दै १ लाख ५० हजार हात पारे, चर्च ब्वाईजका अनन्त तामाङ मस्ट भ्यालुएवेल खेलाडी बन्दै ३ लाख हात पारे, सर्वाधिक गोलकर्ताको आफिज ओलावालेले सर्वाधिक गोल कर्ता बन्दै २ लाख पुरस्कार हात पारे ।

यसैगरी, पहिलो सिजन ए डिभिजन लिग खेलेको एफसी खुमलटार पुन: बी डिभिजनमा घटुवा भएको छ । यसै सिजन ए डिभिजन खेलेको चर्च ब्वाइजले लिग जित्ने इतिहास बनाउँदा खुमलाटार भने अभागी सावित भयो । खुमलटारले ८ खेलमा जित निकाल्दा ३ खेलमात्रै बराबरी खेल्यो । १५ खेल गुमाएको खुमलटारले सिजनभर ३४ गोल गर्दा ५४ गोल व्यहोर्‍यो । प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राखेपका उपाध्यक्ष शिव कोईराला, सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनाराम श्रेष्ठ लगाएतले पुरस्कार वितरण गरेका थिए ।