२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिबाट नन्दी चोरी



अ+ अ-

पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करी भएको छ । एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो ।

जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फार्म सञ्चालन गर्ने यादव बोहोरालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त गौशाललाका अनुसार सोही दिन अभियुक्त बोहोरालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले बोहोरासँगै बा१३च १४०१ नम्बरको पिकअप भ्यान बरामद गरेको छ । साथै गाडीमा राखिएको एउटा नन्दी उद्धार गरिएको प्रहरीको भनाइ छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बौद्धबाट अर्को एउटा नन्दी पनि उद्धार गरिएको बताउनुभयो । उहाँका अनुसार शुक्रबार पशुपति क्षेत्रबाट बौद्ध पुर्याइएको नन्दी फिर्ता ल्याएर औषधोपचार गरिएको छ ।

उहाँले भन्नुभयो, ‘ठूला भएका नन्दी चोरी गर्ने गिरोह सक्रिय भएको पाइयो । यस्ता नन्दी पाँच मिनेटमा छोटो दूरी मात्रै हिँड्न सक्छन् । शुक्रबार बौद्धमा पुर्याएर बाँधेको अवस्थामा फेला पर्यो । हानेर भागेको भागै गर्यो । बल्लबल्ल उद्धार गरी ल्याएर औषधि लगाइयो ।’

डा. खतिवडाले पशुपतिनाम मन्दिरमा प्रत्येक पूर्णिमामा १२ वटा र मकैसुब्बा गुठीबाट एउटा गरी वर्षमा १३ वटाका दरले पशुपतिनाथका नाममा नन्दी छाड्ने परम्परा रहेको बताउनुभयो । उहाँका अनुसार यसरी छाडिएका नन्दी पाशुपत क्षेत्रमै रहन्छन् । उहाँले भन्नुभयो, कहिलेकाँही पशुपतिनाथबाट नन्दी हराउने कुरा सुनिन्थ्यो तर चोरी नै हुँदोरहेछ भन्ने अहिले खुल्यो ।

डा खतिवडाले नन्दी संरक्षणमा पशुपति गौशाला धर्मशालाको दायित्व हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पशुपति गौशाला धर्मशालाको जिम्मेवारी नै पशुपतिनाथका नाममा छाडिएका नन्दी संरक्षण गर्नु हो तर गौशाला धर्मशालामा जर्सी गाई पालेर दूध व्यापार गरिन्छ । नन्दी बाहिरको बाहिरै हुन्छन् । त्यो जग्गा नन्दी संरक्षण गर्न हो गाई पाल्न होइन ।’ पशुपति गौशाला धर्मशाला अहिले मारबाडी सेवा समितिले सञ्चालन गर्दै आएको छ ।