९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

प्रधानमन्त्रीजी भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुईक्क पनि बोल्न सक्नुभएनः ओली

प्रधानमन्त्रीजी भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुईक्क पनि बोल्न सक्नुभएनः ओली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुईक्क पनि बोल्न नसकेको बताउनु भएको छ ।

मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उहाँले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दूर्भाग्य भएको बताउनु भयो ।

ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो ? भनि सरकारमाथि कटाक्ष समेत गर्नु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताउनु भयो । वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकीर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वभाविक भएको बताउनु भयो ।

उहाँले वर्तमान सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरेपनि कमजोर बनाउन नसक्ने दावी गर्नु भयो । अध्यक्ष ओलीले मुलुकको सुन्दर भविष्यका लागि पनि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पु¥याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । भनेको प्रतिवद्धता, यी कमिटमेन्ट, योजना केही पनि २५ प्रतिशत पनि मिलेन । देश त्यति नराम्ररी देश पछाडि परेको छ । सरदर ६ दशमलव ५ पुगीसकेको उत्पादन वृद्धिदर हामीले त ७ दशमलव १ प्रतिशत पु¥याएका थियौं । सरदर नै भन्ने हो भने पनि हामीले ६ दशमलव १ प्रतिशत उत्पादन वृद्धि पु¥याएका थियौं । त्यो घटेर २ भन्दा तल आईसक्यो । अहिले कोभिडसोभिडको मारले यस्तो भएको होइन । अनि युक्रेनको वार भनेर एउटा हल्ला चलाउने गरिएको छ ।

युक्रेनको वारले हामीलाई धुवा उडाएको कि, धुलो उडाएको कि, के ग¥या छ ? युक्रेनको वारले हो ? अस्ती हाम्रा नदीहरु प्रचण्डजीले सित्तैमा दिएर आएको ? आफ्नो भूमिको बारेमा चुइक्क बोल्न नसकेको युक्रेनको वारले हो ? १५ वटा रागा ल्याए भनेर । त्यही पनि रागा लिएर आउने भनेर जिस्क्याए रे । यो त केपी ओलीकै पालोदेखि कुरा चलेको रहेछ भनेर भनियो । उहाँहरुले त कुनै कुरै चलाउन सक्नुहुन्न । सबै कुरा त्यहाँ संयुक्त चेकजाँच पोष्टको कुरा गर्नु भएको छ । त्यो मेरै पालामा हो । भैरहवा बनिसकेको छ । वीरगंज बनिसकेको छ । विराटनगर बनिसकेको छ । अरु ठाउँमा नयाँ बन्दै जाने कुरा हो । त्यो पहिले नै तयार छ । जमिन हामीले तयार गरेका छौं । बजेट छुट्टयाइएको छ । योजनामा पहिलेदेखि नै पारिएको छ । यो त नयाँ कुरै होइन ।

अनि के गरेर आउनु भयो त ? दुईटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनु भएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदीरहेको नदीमै बाँध नबाँधिकन ४८० मेघावाट कुदेको नदीबाट विद्युत निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए । यो त अहिले ते किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो । प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ? यत्तिकै भएको होइन यो । नेपालको दशा बिग्रिएकै हो । नेपालमा दूर्दिन छाएकै हो । नेपालको भूमिमा ग्रहण लागेकै हो । यस्तायस्ता सरकार बनेका छन । जसले देशको बारेमा चुईक्क बोल्न सक्दैन ।

जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन । विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पिरमर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो प¥यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरु बन्नु भएको देशको दूर्भाग्य हो । विकासको योजना छैन, सोच छैन । अव यिनीहरुले के देख्छन भन्दा, उनीहरुलाई छटपटी के हुन्छ भन्दा जेमा पनि एमालेको विरोध एमाले अगाडि बढ्यो । म भन्न चाहन्छु–एमालेलाई कहीँकतै कसैले कुनै हिसावले पनि कमजोर पार्न सक्दैन । पछाडि धकेल्न सक्दैन । पार्टी फुटाएर, सरकारबाट ढालेर अनेक गर्दा पनि एमाले फेरी जस्ताको तस्तै छ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु पर्छ यस देशका लागि । यस देशको सुन्दर भविष्यका लागि, हाम्रा सन्ततिका लागि ।’

ओलीले कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुटन पनि पटकपटक आग्रह गर्नु भयो । उहाँले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराउनु भयो ।