१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द



अ+ अ-

तनहुँ । गर्मी अत्यधिक बढेपछि गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विधालयमा पठनपाठन बन्द गरेको छ ।

गर्मीले विद्यालयमा पठनपाठन गर्न नसक्ने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विधालय बन्द गर्ने निर्णय गरेको हो । ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

“गर्मी ह्वात्तै बढेपछि बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले विद्यालयहरु बन्द गरिएको हो, उहाँले भन्नुभयो, ‘अहिले दिइएको विदालाई आउदो बर्खे विदाबाट कट्टी गर्ने गरी २८ आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण विधालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।’

गर्मी कम नभए निर्णय गरेर बिदा थप लम्ब्याउन सकिने नगरप्रमुख चिन्तनको भनाई छ । ‘विद्यालयका भवन समेत तातेर दिउँसोको समयमा बालबालिकाहरु कक्षा कोठा भित्र पनि बस्नै नसक्ने अबस्था छ, उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु नै उचित हुने देखेर केहीदिनका लागि पठनपाठन रोकिएको हो ।’

पालुङटार क्षेत्रमा पछिल्लो समय ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको नगरप्रमुख चिन्तनले बताउनुभयो । ‘हिजो आज तापक्रम घट्नु भन्दा झनझन बढ्दै गएको छ, उहाँले भन्नुभयो, ‘ठूला मानिसहरुलाई दिनको समयमा घर बाहिर निस्किएर हिडडुल गर्न कठिन भएको छ ।’

पालुङटार नगरपालिका भित्र ८ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो । गर्मीका कारण धुवाकोट, मिरकोट, च्याङली, पालुङटार, ठाटीपोखरी क्षेत्रका बिद्यालयमा अध्ययनरत विद्यार्थीहरु बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ ।