९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

लोप हुँदै वन कुकुर

लोप हुँदै वन कुकुर
अ अ+ अ-

काठमाडौँ । वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।

लोप हुने अवस्था पुगेपछि पछिल्लो समय यसको खोजी, अनुसन्धान हुनुका साथै यसको संरक्षणका लागि विश्वका केही मुलुकबाट वैज्ञानिक, अभियन्ता र विज्ञहरू लागि परिरहेका छन् । यसै सन्दर्भमा क्यानडिड स्पेसलिस्ट ग्रुपअन्तर्गतको ढोल वर्किङ ग्रुपको आयोजनामा हालै नेपालमा सप्ताहव्यापी दोस्रो ‘अन्तर्राष्ट्रिय वन कुकुर’ सम्मेलन नेपालमा सम्पन्न भएको छ । यस अघि यस्तो पहिलो सम्मेलन सन् २०१९ मा थाइल्याण्डमा भएको थियो ।

यही जेठ १८ देखि २४ गतेसम्म चितवनको सौराहामा भएको सम्मेलनमा वन कुकुर संरक्षणका काम गरिरहेका विभिन्न १३ देशका ४० जना वन कुकुर संरक्षणकर्मीको सहभागिता रहेको थियो । सम्मेलनले वन कुकुर संरक्षण कार्ययोजना बनाई कार्यान्वयनमा लैजाने निष्कर्ष निकालेको छ । सम्मेलनमा वन कुकुरको अवस्था, सङ्ख्या वितरण, आहारको उपस्थिति तथा संरक्षणका लागि गर्नुपर्ने कार्ययोजनाका बारेमा छलफल भएको ग्रुपका नेपाल संयोजक डा अम्बिका प्रसाद खतिवडाले जानकारी दिनुभयो । यसले सरकारलाई नीतिगत सहयोग पुग्ने उहाँको विश्वास छ ।

सन् २०१५ को तथ्याङ्कअनुसार विश्वभर दुई हजार पाँच सयको हाराहारीमा वन कुकुर रहेको अनुमान छ । नेपालमा यो वन्यजन्तु यति नै सङ्ख्यामा छन् भन्ने यकिन नभए पनि सयदेखि दुई सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । वन कुकुर नेपालसहित भारत, चीन, बङ्लादेश, भुटान, कम्बोडिया, इन्डोनसिया, मलेसिया, म्यानमार, थाइल्यान्ड र लाओस् गरी ११ वटा देशमा पाइएको बताइन्छ ।

नेपालको तराईमा चितवन, पर्सा, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ भने उच्च भूभागमा कञ्चनजङ्घा संरक्षण क्षेत्र, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज तथा ढोरपाटन शिकार आरक्ष क्षेत्र एवं हुम्लाको लिमी भ्यालीमा पाइएको यस वन्यजन्तुका विषयमा विद्यावारिधी गर्नुभएका डा खतिवडाले बताउनुभयो । यी जनवार चुरे क्षेत्रमा बढी देखिएका छन् । वन कुकुर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको र नेपालको ‘लोपोन्मुख संरक्षण स्थिति’ मा सूचीकृत छ । शारीरिक संरचना र आनीबानीको रूपमा कुकुर र ब्वाँसो छुट्टिइसकेकाले ‘वन कुकुर ब्वाँसो होइनन् र ब्वाँसो वन कुकुर होइनन् ।’

वन क्षेत्रको विनाशले वासस्थान अतिक्रमण, आहाराजन्य प्रजातिको कमी एवं विष तथा पासो थापेर मार्ने प्रवृत्तिको वृद्धिलगायतका कारणले यो प्राणी लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रचना शाहका अनुसार शिकारी प्रजातिको वन कुकुरको संरक्षणमार्फत यसका आहारजन्य प्रजातिको नियमनमा सघाउ पुग्ने भएकाले पनि यसको संरक्षण आवश्यक छ । यस विना आहाराजन्य प्रजातिको वृद्धि अनियन्त्रित भई वन्यजीव–मानव द्वन्द्व अझ बढ्न सक्ने बताइन्छ ।

वन कुकुर उभिँदा १७–१२ इञ्च र लम्बाइमा तीन फिटसम्मका हुने गर्दछन् । सामान्यतया पानीको स्रोत आसपास रहेका साधारण गुफा, जटिल गुफा, चट्टानको मुनि यिनीहरूको बसोबास देखिन्छ । औसत पाँचदेखि १० सङ्ख्याको समूहमा रहने यी वन कुकुर भने अन्य कुकुर प्रजाति ९अफ्रिकी जङ्गली कुकुरसहित० भन्दा शान्त स्वभावका हुन्छन् । यिनीहरू एकान्तप्रेमी हुने हुँदा मानिसको वरपर निकै कम देखिने गर्दछन् ।

वन कुकुरमा स्नातकोत्तरको शोधकर्ता तुष्णा रायमाझी हालसम्म यस क्षेत्रमा भएका अध्ययनले यसको सङ्ख्या निर्धारण र बासस्थान क्षयीकरण बारेमा पर्याप्त जानकारी हासिल गर्न नसकेको बताउनुहुन्छ । यसको संरक्षण गरेर पर्यटनसँग पनि जोड्न सकिने उहाँको धारणा छ । वन कुुकुरका अर्का अध्ययनकर्ता अस्मिता पाण्डे यसको संरक्षणका लागि संरक्षण कार्ययोजना आवश्यक रहेको जोड दिँदै वन कुुकुर देखिएका स्थानमा सम्बन्धित स्थानीय तहसँग मिलेर जनचेतनामूलक कार्यक्रमलाई अघि बढाउनुपर्ने बताउनुहुन्छ ।

वन कुुकुर अधिकांश शिकार पानीको स्रोत आसपास नै गर्ने गर्दछन् । यसको शिकारमा मुसा प्रजातिदेखि जरायो, चित्तल, जङ्गली बदेल, रतुवा, गौरी गाईलगायत सम्म पर्छन् । हिमाली भेगमा पाइने वन कुुकुरले भने चरनमा लगिएका भैँसी, गाई, भेडा, बाख्रा, आदिको शिकार गर्ने गरेको देखिन्छ । वन कुकुरले धेरैजसो पाका र रोगले कमजोर भएका वन्यजन्तुको शिकार गर्ने गर्छ । स्वास्थ्य पोथी वन कुकुरले बढीमा १२ वटासम्म बच्च जन्माएको पाइएको छ । यसको गर्भावस्थाको अवधि करिब दुई महिनाको रहने यस क्षेत्रका जानकारको भनाइ छ । –भीष्मराज ओझा/रासस