• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि सिटी र इन्टर भिड्दै



एजेन्सी । च्याम्पियन्स लिगको फाइनल आज हुँदैछ । उपाधिका लागि इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् । टर्कीको इस्टानबुलस्थित अतातुर्क ओलम्पिक स्टेडियममा हुने खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

उच्च लयमा रहेको म्यान्चेस्टर सिटी आजको फाइनल जित्दै ट्रेबल उठाउने दाउमा रहेको छ । उसले प्रिमियर लिग र एफए कपको उपाधि जितसिकेको छ । आजको फाइनल जितेमा सिटीले एकै सिजनमा तीन ठूला उपाधि जित्नेछ । सिटीले हालसम्म च्याम्पियन्स लिगको उपाधि जितेको छैन । तसर्थ सिटी एकैपटक पहिलो च्याम्पियन्स लिग ट्रफि र ट्रेबल उठाउने दाउमा छ ।

अर्कोतर्फ इन्टर मिलाल १३ वर्षपछि उपाधि जित्ने रणनीतिमा छ । उसले पछिल्लो पटक २०१० मा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै समग्रमा तेस्रो पटक उपाधि उचालेको थियो । तुलनात्मक रुपमा इन्टरभन्दा सिटी बलियो देखिए पनि फाइनलमा नतिजा दुई टोलीमध्ये जुनसुकै टिमको पक्षमा जान सक्छ । फाइनल खेल रोमाञ्चक हुनेमा दुईमत छैन ।