५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा गएका नेपालीको हीतमा बढी ध्यान दिएको छु: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हीतका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले सबैभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हीत र रक्षाका लागि दिएको बताउनुभएको हो ।

उहाँले विदेशमा रहेका नेपालीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने काम अगाडी बढाएको बताउनु भयो । त्यस्तै विदेशस्थित नेपाली दुतावासहरुमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरुको उद्दार लगायतका महत्वपूर्ण कामहरु अगाडी बढाएको पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका क्रममा अंगभंग वा मृत्यु भएका नागरिकका परिवारका लागि शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकिय भुमिका खेल्ने बताउनु भयो । उहाँले भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुले भोग्दै आएका समस्या र दु:ख, कष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भिर रुपले लागिरहेको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘म वैदेशिक रोजगारीमा भएका लाखौँ नेपाली दिदीबहिनी दाजुभाईहरुलाई पनि विशेष रुपले अपील गर्न चाहन्छु, यहाँ कता–कता नकारात्मक अराजकता, अस्थिरता पैदा गर्ने तत्व र प्रवृत्तिहरु पनि छन् । हामी कसैले पनि देशको एकतालाई कमजोर पार्ने, भएको प्रगतिशील परिवर्तनलाई कमजोर पार्ने, देशमा निराशा र असन्तुष्टिको प्रचार गर्ने त्यो प्रवृत्तिलाई होइन, देशको एकताका पक्षधर, देशभक्तहरु र देशको निम्ति समर्पित भएर लागेका विचार, प्रवृत्तिलाई सहयोग गर्न म अपील गर्न चाहन्छु । मैले आफ्नो कार्यकालमा सबभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हीत रक्षामा दिने कोशिस गरेको छु ।

अहिले विदेशमा रहेका नेपालीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता जसबाट लाखौँ नेपालीहरुको भविष्य सुनिश्चित हुन्छ भनेर मैले निर्णय गरेर अगाडी बढाएको कुरा जानकारी गराउँछु । विदेशस्थित नेपाली दुतावासहरुमा श्रमिक हेल्प डेस्कको ब्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिने व्यवस्था वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरुको उद्दार लगायतका महत्वपूर्ण निर्णयहरु र कामहरु अगाडी बढाइएको छ । यो विदेशमा रहेका नेपालीहरुको हक, हीतको रक्षासँग सम्बन्धित छन् । वैदेशिक रोजगारीका क्रममा अंगभंग वा मृत्यु भएका नागरिकका परिवारका शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकिय भुमिका खेल्न, भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुले भोग्दै आएका समस्या र दु:ख, कष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भिर रुपले लागिरहेको जानकारी गराउन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको सन्दर्भमा उल्टोपाल्टो पारेर भ्रम फैलाउन लागिएको भन्दै सचेत हुन आग्रह समेत गर्नुभयो । उहाँले जसले देशमा राजनीतिक परिवर्तन ल्यायो उसले मात्रै देशलाई एकतावद्ध गर्न सक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘जुन शक्ति र बिचारले यति ठूलो परिवर्तन नेपालमा सम्भव तुल्यायो । अब त्यही विचार, त्यही प्रवृत्ति र शक्तिले मात्रै राष्ट्रलाई एकतावद्ध गर्न सक्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नसक्छ । नयाँ योजना र भिजनसहित देशलाई लानसक्छ भन्नेकुरा हामीले साबित गर्न सकेनौँ भने देश दुर्घटनामा पर्ने खतरा छ ।’

उहाँले वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरुका लागि सबै स्थानीय तहहरुमार्फत अवसरहरुको सिर्जना गरिने बताउनु भयो ।