३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी मुद्राको सञ्चिति पौने १५ खर्ब पुग्यो, ९.७ महिनाको आयात धान्ने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा नेपालमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको जनाएको छ ।

बैंकका अनुसार यो चैत महिनासम्मको सञ्चितिभन्दा ३६ अर्ब ६० अर्ब रुपैयाँ धेरै हो । चैतसम्म १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो । सो रकमले ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्थ्यो । केन्द्रीय बैंकको तथ्यांकमा १० महिना (वैशाखसम्म)को सञ्चितिले भने ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार विसं २०७९ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो । वैशाख २०८० सम्म आइपुग्दा सञ्चितिमा २०.९ प्रतिशत थप भएको हो । अमेरिकी डलरमा २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोडको सञ्चिति रहेकोमा २०८० वैशाखसम्म ११ अर्ब २१ करोड पुगेको तथ्यांकमा उल्लेख छ ।