२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी पनि संसदमा टिस्टा काँगडा समेटिएको नक्सा टाँसौं: रघुजी पन्त



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालले पनि आफ्नो संसद भवनमा टिस्टा र काँगडा समेटिएको नक्सा टाँस्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पन्तले भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर नेपालको भूभाग समेटिएको नक्सा संसद भवनमा टाँसेको विरोधमा नेपालले पनि उक्त नक्सा संसद भवनमा टाँस्नुपर्ने बताएका हुन्।

उनले भने, ‘यदी भारतले सांस्कृतिक र ऐतिहासिक नक्सा भनेर आफ्नो संसदमा राखिराख्न पाउँछ भने हामीले सतलज र राबी नदीसम्म पुगेको ‍सिमाना, टिस्टा र काँगडा सामेल गरेको नक्सा हामीले पनि आफ्नो संसद भवनमा टाङ्दा के हुन्छ’।

पन्तले भारतीय विदेशमन्त्री यश जयशंकरको ‘अखण्ड भारत’को नक्साबारे छिमेकी मुलुकहरूले राजनीतिक रूपमा लिन नहुने भन्ने अभिव्यक्तिबारे सकारको धारणा के हो भनेर प्रश्न समेत गरेका छन्।