१३ फाल्गुन २०८१, मंगलवार
February 25, 2025 Tuesday
Latest
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध नेल्टाको २९ औँ अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार कर्मचारी सञ्चयकोषलगायत संस्थाका लागि केन्द्रीय बैंकद्वारा निर्देशिका जारी नेपालगञ्जमा भ्यानको ठक्करबाट बालकको मृत्यु नेपाल राष्ट्र बैंकले अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुला गरिने भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा प्रधान सेनापतिद्वारा सकल दर्जालाई सम्बोधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छ: बाबुराम भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताउनुभएको छ ।

बिहीवार भक्तपुरमा पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टी भन्दा फरक पहिचान स्थापित गर्ने बताउनु भयो । उहाँले देशमा भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामुलक समृद्धिको दिशामा लैजाने एउटा न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित बनेको हाम्रो पार्टी हो । देशमा चरम भ्रष्टाचारको जुन विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ । यस्तो ठूलो संक्रामक रोगबाट हामी गुज्रेका छौँ । त्यसको अन्त्य गरी देशमा सुशासन दिने र हाम्रै कार्यकालमा सबैको निम्ति समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ । हामी नेपाललाई बदल्न संकल्पसहित हिँडेका अगुवाहरुको यो पार्टी हो । पुराना र नयाँ भुल्काका रुपमा उदाइरहेका शक्तिहरु भन्दा फरक नेपाल समाजवादी पार्टी हो भन्नेकुरा यहाँ राख्नेछौँ ।’

अध्यक्ष भट्टराईले पार्टीको मुख्य कार्यदिशा भनेको राजनीीतक कार्यदिशा भएको बताउनु भयो ।