५ पुष २०८२, शनिबार
,
Latest
परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वृद्धि ४.१ प्रतिशत रहने



अ+ अ-
काठमाडौँ । चालु आर्थिक वर्षमा नेपालले ४.१  प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टस प्रतिवेदनमा उक्त प्रक्षेपण गरिएको हो । प्रतिवेदन अनुसार आगामी आवमा नेपालको वृद्धिदर ४.९ प्रतिशत पुग्नेछ ।
दक्षिण एसियाली मुलुकमध्ये चालु आवमा सबैभन्दा बढी भारतले ७.२ प्रतिशतले वृद्धिदर हासिल गर्ने प्रक्षेपण छ । त्यसपछि मालदिभ्सले ६.६ प्रतिशत, बंगलादेशले ५.२ प्रतिशत, भुटानले ४.५ प्रतिशत वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ ।
पाकिस्तानको अत्यन्त न्यून ०.४ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण गरिएको छ । प्रतिवेदनमा विश्वका विकसित देशरुले मौद्रिक नीतिमा लिएको कडाइले दक्षिण एसियाली मुलुक प्रभावित भए पनि सन् २०२२ को दोस्रो त्रैमासपछि त्यसको प्रभाव बिस्तारै कम भएको उल्लेख छ । यद्यपि आर्थिक वृद्धिमा भएको सुस्तताले भने निरन्तरता पाएको उल्लेख छ ।
खासगरी श्रीलंका, पाकिस्तान र अफगानिस्तानले गहिरो आन्तरिक संकट बेहोर्नु परेको प्रतिवेदनले उल्लेख गरेको छ । नीतिगत अनिश्चितता र आयातका लागि विदेशी मुद्राको सञ्चितिको अपर्याप्तता जस्ता संकट दक्षिण एसियाली मुलुकले भोग्नु परेको पाइएको छ ।  प्रतिपेदनले समग्र दक्षिण एसियाली क्षेत्रको वृद्धिदर सन् २०२३ मा औसतमा ५.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । त्यस्तै सन् २०२४ मा यस्तो वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण छ । उच्च सरकारी र बाह्य ऋण, न्यून विदेशी मुद्राको सञ्चिति र सामाजिक आर्थिक दबाबले यस क्षेत्रको आर्थिक वृद्धिलाई असर पुर्याउने अनुमान छ ।