२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम
अ अ+ अ-

काठमाडौँ:  नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम ।  ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गर्नुभएको छ ।

बौद्धस्थित ह्यात चौरमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रम उहाँले ‘उकाली ओराली गर्दै’ गीत गुनगुनाउँदै प्रस्तुतीको आरम्भ गर्नुभयो । उहाँको पर्खाइमा रहेका दर्शकलाई नेपाली गीत सुन्दा आफ्नोपनको आभास भयो ।

भारतबाटै आएका आफ्नो २१ जना साङ्गीतिक समूहसँग गायक निगमले झन्डै साढे दुई घण्टा प्रस्तुति दिनुभयो । उहाँले आफू नेपाली गीत गाइरहेता पनि यसरी साक्षात्कार गर्ने मौका भने पहिलोपटक पाएको स्टेजबाटै बताउनुभयो । उहाँले नेपाली दर्शकले दिएको माया र साथको बेलाबेलामा प्रसंशा गरिरहनुभयो । “नेपाली सत्कारको लागि मात्र सुरका पनि धनी छन् । यहाँ मलाई गाएर साथ दिने स्वरहरू सुरिला सुनिएका छन् । यस्ता दर्शक देख्दा मलाई उर्जा प्राप्त हुन्छ । म निकै खुसी छु, यहाँ आएँ र गाईरहेको छु”, गायक निगमले भन्नुभयो ।

बाल्यकालदेखि नै व्यावसायिक रुपमा गायन यात्रा थाल्नु भएका निगमले आफूले स्टेजमा गाउँन थालेको ‘४७ वर्ष’ पुगेको बताउनुभयो । “यो वर्ष मैले गाएको ४७ औँ वर्ष हो । यसकारण पनि नेपाल आउँदा म निकै खुसी छु । नेपाली गीतमार्फत तपाईहरू (नेपाली) सँग साक्षात्कार भएको थियो, अहिले यस्तो भव्य रुपमा प्रस्तुती दिन पाएँ”, गायक निगमले भन्नुभयो ।

उहाँ गीत गाउँदागाउँदै बेलाबेलामा दर्शकलाई आफ्नो कुरा भन्ने गर्नुहुन्थ्यो । शास्त्रीय सङ्गीतमा विशेष दखल भएका गायक निगमलाई सन् १९९७ मा प्रदर्शन भएको चलचित्र ‘बोर्डर’ मा समावेश गीत ‘सन्देशे आती है’ ले पाश्र्वगायनमा स्थापित गरेको थियो । त्यसपछि उहाँको साङ्गीतिक यात्राले समातेको लय अहिलेसम्म कायम छ ।

यसैवर्ष गत तिहारमा प्रदर्शन भएको ‘भूल भुलैया ३’ मा उहाँले स्वर दिनुभएको ‘मेरे ढोलना सुन’ बोलको गीत अहिले गीतसङ्गीत प्रेमी माँझ लोकप्रिय छ । यसकारण पनि गायक निगम अघिल्लो मात्र नभई नयाँ पुस्ता माँझ पनि परिचित गायक हुनुहुन्छ । उहाँलाई नेपाल ल्याउनु कारण नै यही रहेको आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले बताउनुभयो ।

‘सुरज हुवा मधम’, ‘सोनियो ओ सोनियो’, ‘कहानी’ लगायतका गीतमा दर्शकले दिएको साथले उहाँलाई उर्जाशील बनायो । ‘मेरो सुन्ने गीतमै तपाइँहरूले गाएर र नाचेर साथ दिनुभयो । अब म तपाइँलाई नचाउँन आफ्ना डान्सिङ गीत प्रस्तुत गर्नेछु । म यसको लागि नै माहिर छु, जस्तो लाग्छ । आउनुस्, मस्ती गरौँ’ यति भनेपछि गायक निगमले आफ्ना ‘फास्ट नम्बर’ भनिने नृत्य गर्ने गीतहरू प्रस्तुत गर्नुभयो ।

उहाँले ‘दिल मागता है दिलदार सोनिए’, ‘साथिया’, ‘दिल दिवाना’, ‘देखा तुमको जबसे’, ‘दिल डुबा’ जस्ता गीत गाउँदा कार्यक्रम हेर्न पुगेका सबै समूहका दर्शक नाच्न बाध्य भएका थिए । विशेषत सन् १९९० देखि २०२४ सम्मका गीतलाई मिश्रण गरेर गाउँदा दुवै उमेर समूहका दर्शकले ‘इञ्जोय’ गरे । गायक निगमले नेपालको बारेमा आफूले बाहिर कार्यक्रम गर्दा धेरै सुनेको बताउनुभयो । “उहाँ (सोनु निगम) ले धेरै नेपाली गीत गाउनुभएको छ । तर, नेपालमा यस्तो कन्सर्ट भएको रहनेछ । सोही कारण हामीले उहाँलाई क्रिसमसमा नेपाली माँझ प्रस्तुत गरेका हौँ । हामीले अपेक्षा गरे झैँ उहाँलाई प्रत्यक्ष सुन्न सबै वर्ग र उमेरसमूहका दर्शक आउनुभयो । यो कमै गायकले गर्न सक्नुहुन्छ । उहाँलाई प्रत्यक्ष सुन्नुको अनुभव बेग्लै रह्यो”, निर्देशक घिमिरेले बताउनुभयो ।

गायक निगमलाई प्रत्यक्ष सुन्न गायक प्रमोद खरेल पनि ह्यात चौर पुग्नुभएको थियो । गायक निगमको गायकी प्रशंशकसँगै सङ्गीत प्रेमी माँझ पनि लोकप्रिय छ । उहाँले स्टेजमा गाउने गीतमा समेत सुर र ताल मिलेको प्रतिक्रिया आउने गरेको छ । साथै, गायक निगमले आफ्नै गीतलाई भिन्न तरिकाले प्रस्तुत गर्नुहुन्छ ।

कार्यक्रमको उत्तरार्धमा उहाँले आफ्ना सदाबहार गीतहरू ‘कल होना हो’ गाउनुभयो । यो गीतलाई उहाँले आफ्नो जीवनकै महत्वपूर्ण गीत भन्नुहुन्छ । “म कुनै दिन यो धर्तीमा रहिन् भन्ने खबर तपाइँ माँझ आइपुग्यो भने सँगै स्मरण हुने गीत हो, ‘कल होना हो’ । यो गीतको शब्द र सङ्गीतको म आफैँ पनि प्रसंशक हुँ । यस्ता गीतमा मेरो स्वर हुनु मेरो लागि जीवनकै ठूलो उपलब्धी हो”, गायक निगमले भन्ने गर्नुभएको छ ।

ह्यात चौरमा दर्शकबाट छुटिने समयमा गायक निगमले ‘अभि मुझ्मे कही’, ‘सन्देशे आते है’, ‘पापा मेरी जान’ गाउनुभयो । यी गीतसँगै गायक निगमलाई स्टेजबाट विदाई गर्न दर्शक तयार भए । उहाँले जादा जाँदै भन्नुभयो,“यहाँ आउन ढिलाई भयो तर यो सत्कारले अब मलाई पुनः छिटै यहाँ ल्याउने छ । हामी कलाकारलाई पनि माया गर्ने प्रसंशक चाहिन्छ, त्यो न्यानोपन यहाँ काठमाडौँ नेपालमा पाएँ । म धन्य छु, कृतज्ञ छु ।”

आयोजकमध्येका एक राजकुमार गोश्वामीले अस्ट्रेलिया र हङकङपश्चात् नेपालमा कार्यक्रम गरिएको जानकारी दिदै आगामी दिनमा स्वदेशी तथा विदेशी कलाकारलाई नेपाली दर्शकमाझ व्यवस्थित रूपमा प्रस्तुत गर्ने बताउनुभयो । उहाँका अनुसार आज गायक निगमले काठमाडौँ घुमघाम गरेर बेलुकी स्वदेश भारत फर्किनु हुनेछ । रासस