२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र यात्रुको उद्धारका लागि एयर इन्डियाको विमान रूस पठाइने



file photo
अ+ अ-

एजेन्सी । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ ।

एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानको एउटा इन्जिनमा खराबी आएपछि मङ्गलबार रूसको सुदूर पूर्वी क्षेत्रको मगदान विमानस्थलमा अवतरण गर्न बाध्य भएको थियो ।

एयर इन्डियाका अनुसार प्रतिस्थापन विमानमा अलपत्र परेका यात्रुका लागि खाद्यान्न र अन्य आवश्यक सामग्रीहरू पनि लग्ने बताइएको छ ।

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आवश्यक नियामकीय स्वीकृतिको अधीनमा रहेर मुम्बई इन्डिया (बीओएम)बाट जीडीएक्स (मगदान–रूस) का लागि स्थानीय समय अनुसार बुधबार बिहान १३ः०० बजे उडान भर्नेछ ।”

एयर इन्डियाले प्राविधिक गडबडीको विस्तृत विवरण उपलब्ध गराएको छैन । एयर इन्डियाले भनेको छ, “दुर्गम विमानस्थलको वरिपरिको पूर्वाधार सीमिततालाई ध्यानमा राख्दै,स्थानीय सरकारी अधिकारीहरूको सहयोगमा उनीहरूको यथोचित व्यवस्थापन गरिएको छ ।”