• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

प्रेमीले गरे लिभिङ टुगेदरमा बसेकी प्रेमिकाको हत्या



काठमाडौं । प्रेमीसँग सामान्य विषयमा मनमुटाव भई झगडाको रुप लिँदा एक जना युवतीको ज्यान गएको छ । काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएको हो ।

प्रहरीले हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ठमेलको एक रेष्टुरेन्टमा काम गर्ने उनीहरु केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

मंगलबार अपराह्न साढे ३ बजेतिर उनीहरुबीच झगडा भएको थियो । मादक पदार्थ सेवन गरेपछि भएको झगडाका क्रममा मुक्का हान्ने, लात्ताले जथाभावी हानेको खुल्नमा आएको छ । घाइते भएपछि तामाङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । चिकित्सकले ७ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका हुन् ।

उनको मृत्यु भएपछि प्रहरी वृत्त, लैनचौरले प्रेमी अमरलाई पक्राउ गरेको थियो । उनीविरुद्ध ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।