• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

प्रेमीले गरे लिभिङ टुगेदरमा बसेकी प्रेमिकाको हत्या



काठमाडौं । प्रेमीसँग सामान्य विषयमा मनमुटाव भई झगडाको रुप लिँदा एक जना युवतीको ज्यान गएको छ । काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएको हो ।

प्रहरीले हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ठमेलको एक रेष्टुरेन्टमा काम गर्ने उनीहरु केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

मंगलबार अपराह्न साढे ३ बजेतिर उनीहरुबीच झगडा भएको थियो । मादक पदार्थ सेवन गरेपछि भएको झगडाका क्रममा मुक्का हान्ने, लात्ताले जथाभावी हानेको खुल्नमा आएको छ । घाइते भएपछि तामाङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । चिकित्सकले ७ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका हुन् ।

उनको मृत्यु भएपछि प्रहरी वृत्त, लैनचौरले प्रेमी अमरलाई पक्राउ गरेको थियो । उनीविरुद्ध ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।