• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   समृद्ध नेपाल निर्माण गर्ने महाअभियान शुरु भएको छ: मन्त्री शर्मा ★   नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने ★   आईपीएलमा आज कडा टक्कर, शिर्ष स्थानको राजस्थान र हैदरावाद भिड्दै ★   मुगुको गमगढीमा नि:शुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा ★   आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी: अध्यक्ष ढकाल ★   प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु ★   मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   बाल अनुदान बढाउन मन्त्री चौधरीको जोड ★   सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ: प्रधानमन्त्री

‘आदिपुरुष’को अन्तिम ट्रेलर सार्वजनिक



एजेन्सी । प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ को एक्सन ट्रेलर सार्वजनिक भएको छ । पहिलो ट्रेलरमा भगवान रामको नरम पक्ष देखाइएको थियो । तर, यस ट्रेलरमा भने दर्शकहरुले एक्शन देख्न पाएका छन् । तिरुपतिको श्री वेंकटेश्वर युनिभर्सिटी स्टेडियममा एक भव्य कार्यक्रमका बीच ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा युद्धको दृश्यका केही अचम्मका शटहरू देखिएका छन् । रावणले सीता माताको अपहरण गरेपछि ट्रेलर सुरु हुन्छ । यसपछि श्रीरामले आफ्नो सेना तयार पार्छन् र रावणलाई युद्धको चुनौती दिन्छन् । सम्पूर्ण ट्रेलर भारी भीएफएक्स र एक्शन दृश्यहरूले भरिएको छ । यसबाहेक यसमा धेरै उत्कृष्ट संवाद पनि छन् ।

यो कार्यक्रम अघि प्रभास तिरुपति जिल्लाको तिरुमालास्थित श्री वेंकटेश्वर स्वामी मन्दिर पुगेका थिए । यहाँ उनले भगवानको दर्शन गर्नुका साथै सुप्रभा सेवामा पनि भाग लिएका थिए । सामाजिक सञ्जालमा प्रभासको एउटा भिडियो पनि भाइरल भएको छ जसमा उनी सेतो कुर्ता–पाजामा र रेशमी सल लगाएर मन्दिर भित्र पसिरहेका छन् ।

यसैबीच ‘आदिपुरुष’ को स्क्रिनिङका क्रममा रामकथा हुने ठाउँमा हनुमानको उपस्थिति हुने भएकाले हरेक थिएटरमा भगवान हनुमानका लागि एउटा सिट खाली राखिने निर्माण पक्षले जनाएको छ । जनताको विश्वासलाई मध्यनजर गर्दै निर्माताले यस्तो निर्णय गरेका हुन् । ओम राउतले निर्देशन गरेको यो चलचित्र १६ जुनबाट रिलिज हुँदैछ ।

‘आदिपुरुष’को कथा रामायणमा आधारित छ । फिल्ममा प्रभास भगवान रामको भूमिकामा देखिनेछन् भने कृति सीताको भूमिकामा देखिनेछिन् । यससँगै सैफ अली खान रावणको भूमिकामा देखिनेछन् ।