• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

नक्कली भुटानी शरणार्थी : अभियुक्तका पक्षबाट आजदेखि बहस सुरु हुने



file photo

काठमाडौँ । मंगलबार सरकारी वकिलले बहस सकाएपछि आजदेखि नक्कली शरणार्थी प्रकरणका अभियुक्तका पक्षमा बहस सुरु हुनेभएको छ । अभियुक्तहरुको पक्षमा बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका बहालवाला अध्यक्षदेखि पूर्वअध्यक्षहरुले बहस गर्नका लागि नाम टिपाउनुभएको छ ।

बहसका लागि यसअघि नै समय निर्धारण गरिएको थियो । जसअनुसार मंगलबार सरकारी वकिलहरुले बहस सकाएपछि आजदेखि अभियुक्त पक्षका वकिलले बहस सुरु गर्ने भएका हुन् । आजदेखि ६ दिनसम्म अभियुक्तका पक्षका वकिलले बहस गर्नेछन् ।

थुनछेक बहसपछि अभियुक्तहरुलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ । सरकारी वकिलले भने अभियुक्तहरु पहुँचवाला भएकाले पुर्पक्षमै राखेर अनुसन्धान जारी राख्नुपर्ने माग गर्दै आएका छन् ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार छन् ।